१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

न्यानो बाँड्दै युवाले मनाए माघी

सर्लाही – माघी (माघे संक्रान्ति) पर्वका अवसरमा जिल्लामा सोमबार विविध कार्यक्रम भएका छन्। कसैले घर परिवारमै त कसैले सामुहिक कार्यक्रम गरेर तिल र मुरैको लड्डु, तरुल, फापर एवं मासको फुरौला, चाकु खाँदै माघी मनाए। तर, सर्लाहीको हरिवन निवासी युवाहरुले भने असहाय, अपांग, वृद्धवृद्धा, मगन्ते लगायतलाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरणसहित माघे संक्रान्ति मनाएका छन्। आनन्दमार्ग प्रचारक संघ काठमाडौंको शाखा सर्लाहीमा आबद्ध युवाहरुले झण्डै पौने तीन सय जनालाई मिष्ठान भोजन सहित न्यानो कपडा वितरण गरेका हुन्।

‘मानवको सेवा नै ईश्वरको सेवाहो’ भन्ने सन्देशसहित असहाय वर्गलाई मिष्ठान भोजन गराएर कम्बल, ज्याकेट, पाईन्ट, साडी, कुर्ता सुरुवाल, जुत्ताचप्पल लगायत लगाउने सामग्री समेत वितरण गरिएको आनन्दमार्ग प्रचारक संघ सर्लाहीका संयोजक हरिशंकर चौधरीले बताए। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष नवराजबहादुर विसीलगायत युनिभर्सल रिलिफ टिमका सदस्यहरुको समेत उपस्थिती रहेको थियो।

मिठो खानेकुरा सहित ओड्ने कम्बल समेत पाउँदानिकै खुसी लागेको घुर्कौलीकी वृद्धा तेतरी देवीले बताईन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै हरिवननगरपालिकाका मेयर गणेश प्रसाईंले गरिब दिन दुःखीहरुलाई मिष्ठान भोजनसहित न्यानो कपडा वितरण गरेर संघमा आवद्ध युवाहरुले समाजलाई ठूलो गुन लगाएको भन्दै तारिफ गरे।    

वितरण गरिएको कम्बल संघ आफैले खरिद गरेको तथा पाईन्ट, ज्याकेट, साडी, कुर्ता सुरुवाल, जुत्ताचप्पल जस्ता लगाउने सामान स्थानीय व्यापारीहरुसँग संकलन गरिएको संघका कोषाध्यक्ष वैजु साहले जानकारी दिए।

संघमा आवद्ध युवाहरुले हरेक वर्ष माघे संक्रान्तिका दिन गरिब दिनदुःखीहरुलाई मिष्ठान भोजन सहितन्यानो कपडा वितरण गर्ने गरेका छन्।

प्रकाशित: १ माघ २०७४ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App