१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दाउराले हिर्काएर दाजुको हत्या

इलाम– इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् । देउमाई नपा–४ गुरुधारा चोकका ५० वर्षीय डिल्ली बाँस्तोलाले उनकै सहोदर दाजु ५५ वर्षीय गंगा बाँस्तोलाको टाउकामा दाउराले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ। 

बिहीबार  सवा १२ बजेतिर दाउराले लागेका गंगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डिल्लीले देउमाई नपा–७ का डिल्ली आचार्यकी छोरी ७ वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरी घाइते बनाएका थिए। 

घाइते बालिकालाई उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको र उनको अवस्था गम्भीर रहेको प्रहरी हवल्दार विजय राईले जानकारी दिए । दाउरा प्रहार गर्ने डिल्ली बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २७ पुस २०७४ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App