५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीविहिन स्वास्थ्य चौकी

मुगु – पश्चिम खत्याड गाउँपालिका वडा नम्बर–१० ह्याँग्लुस्थित स्वास्थ्य चौकी स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्। सरकारले चार जनाको दरबन्दी गरेको स्वास्थ्य चौकीमा हाल कोहीपनि स्वास्थ्यकर्मीहरु उपस्थित भएका छैनन्।

‘चिसोको कारण स्थानीयहरु रुघा खोकीबाट बिमारी हुँदा समेत उपचारको लागि स्वास्थ्य चौकी पुग्दा कोहीपनि स्वास्थ्यकर्मीहरु भेटिदैन्,’स्थानीयवासी किसनलाल रोकायाले भने । सरकारले स्वास्थ्य चौकीका ईन्चार्ज जनक विक, टक्कबहादुर डाँगर, भावना कार्की र केपकुमारी चन्दलाई दरबन्दीमा खटाएको थियो ।

‘जिल्ला स्वास्थ्य कार्यालयले औषधी पठाउने र कर्मचारी नियमित गराउने र थप औषधीको व्यवस्था गर्ने जिम्मा गाउँपालिका र वडापालिकालाई दिइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख सुरज गरौंले भने,‘हाल जन प्रतिनिधिहरु जिल्ला बाहिर भएका हुँदा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधीको अभाव भएको हो।’

प्रकाशित: २५ पुस २०७४ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App