गोरखा – भीमसेन गाउँपालिका–८ बोर्लाङमा श्रीमतीले चिर्पट प्रहार गरी आफ्ना श्रीमानको हत्या गरेकी छिन्।
पैँसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए।
प्रहरीसमक्ष हीरादेवीले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन्। “घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ। शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ।
प्रकाशित: १६ पुस २०७४ ०९:४० आइतबार