२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले ४ जना उच्च अदालतका न्यायाधीशसहित दुई जना कानुन व्यवसायीसहित ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमानलाई नियुक्तिको सिफारिस गरिएको छ। त्यसैगरी कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेललाई न्यायाधीश सिफारिस भएको कार्कीले जानकारी दिए।

सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त छन्। परिषद्ले ६ जना सिफारिस गर्दा एक पद अझै रिक्त रहेको छ।

प्रकाशित: ५ मंसिर २०८० ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App