३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैंडा मारेका छन्। निकुञ्जको कोर क्षेत्रमा पर्ने चपचुली पोस्टबाट करिब साढे तीन किलोमिटर दक्षिणमा तस्कारले अन्दाजि १८ र ६ बर्षको दुई वटा पोथी गैंडा खाल्टोमा पारेर मारेका हुन्।

उनीहरुले गैंडाको खास समेत काटेर लगेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १८ बर्षको पोथी गैंडाको खाग थिएन् । बुढो भएर खस्न पनि सक्छ । ६ बर्षको पोथीको खाग काटेर लगेका छन्, तिवारीले नागरिक दैनिकसंग भने,ुतस्करले गैंडा खाल्टोमा पारी मारेको देखिन्छ ।ु

निकुञ्जबाट बिहिबार गएको टोलीले गैंडा मारेको फेला पारेको थिए। उहाँका अनुसार दुईटा गैंडालाई फरक फरक दिनमा मारिएको छ। १८ बर्षको गैंडा १० दिन अगाडि मारेको अनुमान गर्न सकिन्छ,ु उनले भने ुछ बर्षको गैंडालाई तिन दिन अगाडिमात्र मारेको हुनुपर्छ।दुई गैंडालाई अलग अलग खाल्टोमा पारेर मारिएको थियो।घटना थाहा पाउँदा वित्तिकै अनुसन्धान भइरहेको उनले बताए।

पछिल्लो समयमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको चोरी सिकारी बढ्न थालेको छ । माघ ६ गते अमलटारी सेक्टरमा तस्करले दुई गैंडा विद्युतीय धरापमा पारेर मारेका थिए।यस वर्ष प्राकृतिक कारणले छ वटा गैंडा मरेका छन्।

प्रकाशित: १ मंसिर २०८० ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App