६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

म्यादी प्रहरीको रासनमा घोटाला

जिप्रका दोलखामा धर्ना दिँदै म्यादी प्रहरी। तस्विरः रमेश

दोलखा—प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीले ड्युटी गरेको अवधीमा खाएको खानामा घोटाला भएको भन्दै सोमबार दिनभर जसो दोलखामा कार्यरत म्यादी प्रहरीले जिल्ला प्रहरी नेतृत्वविरुद्ध आन्दोलन गरे। 

जिल्ला प्रहरी कार्यालय दोलखाले गत कार्तिक १२ गते भर्ना लिएका म्यादी प्रहरीको दैनिक रासनमा चलिआएको मुल्य भन्दा ३५ रुपैंया बढी रकम कटाएको थाहा पाएपछि सोमबार उनीहरु आन्दोलनमा उत्रिएका हुन्। 

‘शुरुमा भर्ना गर्दा प्रहरी जवान सरहको प्रति छाक ६० रुपैंयामा खाना खुवाउछौं भनेर भर्ना लिइयो’ म्यादीका मुरारी सेढाईले भने, ‘अहिले ९५ रुपैंया कटाइएपछि खानामा घोटाला भएको आशंकामा आवाज उठाएका हौं।’ 

शुरुमा भर्ना गर्दा प्रहरी जवान सरहको प्रति छाक ६० रुपैंयामा खाना खुवाउछौं भनेर भर्ना लिइयो’ म्यादीका मुरारी सेढाईले भने, ‘अहिले ९५ रुपैंया कटाइएपछि खानामा घोटाला भएको आशंकामा आवाज उठाएका हौं।’ 

अर्का म्यादी जवान शिव गौतमका अनुसार मंसिर १२ गते देखि ३ गते सम्म २० दिनको पारिश्रमिक बैंक खातामा पठाउँदा ३८ सय रुपैयाँ खाना खाएको रासन काटिएको थियो। ‘२० दिन ड्युटी गर्दा ४० छाक खाना खाएको रकम काटिदा चकित खायौं’ उनले भने। मंसिर १२ भन्दा अघिल्लो महिनाको अवधिमा भने गाउँका युनिट र निर्वाचन केन्द्रहरुको ड्युटीमा जाँदा उतै खाना खाएर रकम तिरेका कारण खाना खर्च बारे आफुहरुले ख्याल नगरेको उनले सुनाए। 

गाउँमा चुनाव सकिएपछि जिल्लामा भर्ना गरिएका ७ सय ५० जना म्यादी प्रहरी गणनामा खटाउन जिल्ला प्रहरी तानिएका थिए। उनिहरुलाई ७ गते विदा गरिदै थियो। जिल्ला प्रहरीमा खटिएका म्यादीहरुलाई जिल्ला प्रहरी कार्यालय भित्र मेस चलाईरहेका कोर्ट मास्टर नवराज सापकोटाले खाना खुवाउँदै आएका थिए। जिल्ला प्रहरीमा मेस सञ्चालन समितिले प्रहरी भित्रकै कर्मचारीलाई मेस चलाउन दिन्छ। 

‘६० रुपैंयामा जवानलाई तरकारी सहितको खाना दिइन्थ्यो’ सेढाईले भने, ‘तर हामीलाई स्कुसको तरकारीको झोल हालेर दिइँदा पनि ९५ रुपैयाँ लिइदो रहेछ।’ उनले जिल्ला प्रहरीमा कार्यरत रहँदा चुनाव केन्द्रित सुरक्षा र गस्ती भन्दा पनि जिल्ला प्रहरी प्रमुखको निजी निवासमा काम गर्न लगिएको समेत सुनाए। 

७ सय ५५ जना म्यादी प्रहरीलाई प्रहरी जवान भन्दा प्रति छाक ३५ रुपैयाँ बढी दैनिक दुई छाकका दरले ५५ दिन खाना खुवाउँदा २९ लाख रुपैयाँ बढी देखिएको एक म्यादीले सुनाए। कोट मास्टर र जिल्ला प्रहरीका अधिकृतहरुको मिलेमतोमा म्यादी प्रहरीको रासनमा घोटाला भएको आशंका उनीहरुको छ।

सोमबार बिहानदेखि म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए। त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढी घाईते भएका छन्। केहीको हात खुट्टामा गहिरो चोट लागेको छ। 
साँझ उनीहरुले सदरमुकाम चरिकोट बजारमा प्रर्दशन समेत गरेका थिए। खानामा बढी रकम लिएको कुरा सार्वजनिक गरेको भनेर केही महिला म्यादीहरुलाई पुरुष प्रहरी अधिकृतहरुले हातपात र लछारपछार गरेको म्यादीहरुले आरोप लगाएका छन् । 

‘सूचना गलत फैलियो’ 
जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले म्यादीहरुलाई रासनमा बढी रकम नलिइएको दाबी गरे। 
‘उनीहरुले रासनबारे समस्या लिएर आएपछि मैले कोर्ट मास्टर र लेखाका कर्मचारीलाई बोलाएर सोध्दा म्यादीको जम्मा ७० रुपैयाँ प्रति छाकका दरले मात्र रकम काटिएको रहेछ’उनले भने, ‘तर उनीहरु भित्रै २० दिनको ३८ सय (प्रति छाक ९५ रुपैंया ) रकम काटिएको गलत सुचना फैलाएर आन्दोलन गर्न लगाइयो।’ 

कोर्ट मास्टर मार्फत प्रहरीलाई मेसमा खाना खुवाइने कारण रकम घोटाला नभएको उनले दाबी गरे। सोमबारको आन्दोलनपछि सहमति गरी सामाधान भइसकेको उनले सुनाए। म्यादीको गुनासोपछि आफूले ७० रुपैयाँ प्रति छाकको रकम ६५ मा मात्र लिने गरी सहमती गराएको प्रजिअ कार्कीले बताए।

प्रकाशित: ४ पुस २०७४ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App