४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो।

उद्धारमा संलग्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक कुमार गुरुङका अनुसार चालक सडकदेखी अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए।उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको उनले बताए।

बिहिबार साँझ ७ बजे तिर भएको दुर्घटनामा मृत्यु भएका म्याट्रेड विको शव राती २ बजे बेनी अस्पतालमा ल्याईएको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु विहिवार पोखराबाट बेनीहुँदै मुक्तिनाथ यात्रामा हिडेका थिए।

चालक मृतक जर्मन नागरिकका अन्य साथीहरु मुस्ताङको लेते पुगेको र शुक्रवार विहान बेनी अस्पतालमा आएका थिए।दुर्घटनामा उद्धार गर्न मुस्ताङबाट आएको सेना, बेनीबाट गएको प्रहरी तथा शसस्त्र र बाग्लुङबाट विपद उद्धार टोली परिचालन भएको थियो। 

प्रकाशित: २४ कार्तिक २०८० ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App