१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बेवारिसे तीन थान पेस्तोल फेला

मंगलबारे – निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ। 

इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। 

स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको कमाण्डमा खटिएका टोलीले तीन थान इन्डियन पेस्तोल र आठ राउण्ड गोलीसमेत फेला पारेको प्रहरीले जनाएको छ। निर्वाचनमा कडाइ गरिएपछि कसैले बेबारिसे अवस्थामा पेस्तोल र गोली छोडेको हुन सक्ने प्रहरीको अनुमान छ। 

प्रकाशित: २८ मंसिर २०७४ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App