१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नक्कली कागजात बनाएको आरोपमा त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ

नक्कली कागजात बनाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ परेका छन्।

विमानस्थलमा कार्यरत प्रहरी जवान तामाङ नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले नागरिक न्यूजलाई जानकारी दिए।

नक्कली शैक्षिक प्रमाणको आधारमा रकम असुली गरेर विदेश पठाउन खोजेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोहि अनुसन्धानको क्रममा तामाङ पक्राउ परेको रेग्मीले बताए।

प्रकाशित: १४ कार्तिक २०८० १३:१९ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल