१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ

काठमाडौं- दक्षिणकालीमा रहेको गुम्बाका रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई सिआइबीले आज पक्राउ गरेको हो। उपचारको बहानामा तर्साएर बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जानकारी दिए।

उनका अनुसार रिम्पोछे लामाले आफ्नो अनुमति बिना विवाह गरे वा शारीरिक सम्पर्क राखे अनिष्ट हुने भन्दै युवतीहरुलाई धम्काउँदै आएका थिए। प्रहरीका अनुसार उनीबाट पीडित दुई जना सम्पर्कमा छन्।

प्रकाशित: ७ मंसिर २०७४ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App