४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोली हानेर आफ्नै हत्या

सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्।

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो। घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८० ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App