चितवन, (रासस) –रत्ननगरमा अायाेजित पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औँ वर्षगाँठ मनाएका उत्कृष्ट २० जोडीलाई ‘आदर्श जोडी’ सम्मान प्रदान गरिएको छ ।विवाहित जाेडीमा बढ्दै गएकाे सम्बन्ध विच्छेदकाे स्थितिलाई न्यूनीकरण गर्न ५०औँ वर्षगाँठ मनाएका जोडीलाई अादर्श जाेडीकाे सम्मान गरिएकाे अायाेजककाे दावी छ ।
'विवाहित जाेडीहरूमा मनमुटाव हुँदैमा सम्बन्ध विच्छेद हुने स्थितिकाे सृजना भइरहेकाे छ । त्यस्ताे परिस्थितिलार्इ न्यूनीकरण गर्न अादर्श जाेडी सम्मान नामक कार्यक्रमकाे अायाेजना गरिएकाे हाे,' महोत्सवका संयोजक नीरज श्रेष्ठले भने ।
सम्मानित जोडीहरूलाई रत्ननगर अस्पतालले निःशुल्क उपचारकाे व्यवस्था गरेकाे जानकारी अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले गराए । त्यस्तै महाेत्सवमा सहभागी जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेजकाे व्यवस्था गरिएकाे छ ।
अाइतबार सम्पन्न दश दिने महाेत्सवमा ६ जनालाई मरणोपरान्त स्मृति सम्मान प्रदान गरिएकाे थियाे । महोत्सवलार्इ एक लाख दर्शकले अवलोकन गरेको आयोजक रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए । महाेत्सवमा गायिका इन्दिरा जोशीे, शिव परियार, ज्योति मगर, मनोज गजुरेल, सागर आले, सुजाता पाण्डे, दिनेश काफ्ले र विनिता शाही लगायतले सांगितिक प्रस्तुति दिएका थियो ।
प्रकाशित: ४ मंसिर २०७४ ०९:२९ सोमबार