२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा घोडा प्रतियोगिता सम्पन्न

जुम्लाको परम्परागत घोडा दौड प्रतियोगिता तस्बिर: गोल्डेन बुढा

जुम्लाको  सदरमुकाम खलंगामा रहेको राजासिममा शनिबार घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ।

दशैको फुलपातीको बेलामा परम्परादेखि जुम्लामा चल्दै आएको जुम्ली घोडा दौड प्रतियोगिताले यो वर्ष पनि निरन्तरता पाएको हो।

 यस अघि २०५५/०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका उप-मेयर रामदेवी खड्काले बताइन्।

हरेक वर्ष फूलपातीको दिन जुम्ला एयरपोर्टको धावनमार्ग घोडा दौड हुन्थ्यो,उनले भनिन्, धावनमार्ग पिच भएपछि घोडा दौड हराउँदै गएको थियो। तर, विगत ५/६ वर्ष यता कर्णाली खेलकुद क्लबले यसलाई निरन्तरता दिइरहेको थियो। 

तर, यो वर्ष कर्णाली कला तथा सांस्कृतिक संरक्षण मञ्च जुम्लाको आयोजनामा भएको मञ्चका अध्यक्ष आनन्द अधिकारीले बताए। राजासिममा भएको घोडा दौडमा २८ वटा घोडाको  सहभागीता रहेको थियो।पातारासी,गुठिचौर,चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका भित्रका घोडालाई सहभागी गराइएको थियो।

सहभागी घोडाहरूको पालित, कदम र खुल्ला गरी तीन विधामा पुरस्कार प्रदान गरिएको छ ।कर्णाली कला तथा सांस्कृतिक संरक्षण मञ्चका अध्यक्ष अधिकारीका अनुसार प्रतियोगितामा गुठिचौर गाउँपालिका-१ का विकास ऐडिको घोडा प्रथम, गुठिचौर गाउँपालिका सोही वडाकै मानबहादुर ऐडिको घोडा  द्धितीय र तृतीय गुठिचौर ( १ कै टिक बोहराको घोडा भएको छ ।

प्रतियोगितामा प्रथमलाई ५ हजार, द्धितीयलाई ३  हजार र तृतीयलाई २  हजार रुपैया पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

सान्त्वना ५ सय पुरस्कार तातोपानी  ३ की १४ वर्षकी सृष्टि कार्कीलाई दिइएको छ।उनले घोडाको चाल र कदममा भाग लिएकी थिइन। उनी चढेको घोडा फाइनल दौडको लागी छनोटमा परेन ।महिलाले घोडा दौडमा सहभागीता जनाएको यो पहिलो पटक हो ।

आगामी दिनमा अन्य महिलालाई हौसला होस भन्नका लागि सान्त्वना पुरस्कार दिइएको थियो।

गुठिचाैरमा पनि घोडादौड प्रतियोगिता

जुम्लाकाे गुठिचाैरमा पनि फुलपातीको अवसरमा घोडादौड प्रतियोगिताको आयोजना सम्पन्न भएकाे छ। गुठिचाैर -२ स्थित गुठिचौर युवा कल्वको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हाे। 

 

प्रतियोगितामा गुठिचाैर गाउँपालिका वडा -२ का लक्ष्मी बोहोरा प्रथम, १ का प्रकाश रोकाया द्वितीय र कालिबहादुर बोहोरा तृतीय भए भने रविन्द्र बोहोराले सान्त्वना पुरस्कार पाए। 

 

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश आठ हजार, ६ हजार, ४ हजार र १ हजार नगद प्रदान गरिएको थियो।

 

विजयी घोड चडीहरुलाई राष्ट्रिय घोडचडी महासंघले एक/एक ब्लांकेट र ज्याकेट प्रदान गरेको -२ का वडा सदस्य भीम बहादुर बोहोराले जानकारी दिए।

 

फूलपातीको अवसरमा गरिएको प्रतियोगिताले परम्परागत यातायातको साधनकाे रुपमा परिचित जुम्ली घाेडाकाे थप प्रवर्द्धन गरेकाे गुठिचाैर युवा क्लबका अध्यक्ष रतनसिंह बाहाेराले बताए।

 

'जुम्ली घाेडा संरक्षण र चर्चित पर्यटकीय क्षेत्र गुठिचौरकाे प्रवर्द्धनका लागि प्रतियोगिता गरिएकाे हाे,' उनले भने, 'अपेक्षा गरिएकाे भन्दा बढी सहभागिता भयाे। यसले जुम्ली घाेडाकाे क्रेज घटेकाे छैन भन्ने देखिन्छ।'

 

छाेटाे समय अवधिकाे तयारीमा प्रतियाेगिता गरिएकाे हुँदा खुला दाैड प्रतियोगिता मात्रै भएकाे अध्यक्ष बाेहराले बताए। उनका अनुसार प्रतियोगितामा ५१ घोडा सहभागि भएका थिए।

प्रकाशित: ४ कार्तिक २०८० १४:५४ शनिबार

जुम्लामा घोडा प्रतियोगिता सम्पन्न