काठमाडौँ – रौतहटको चन्द्रपुर नगरपालिकामा बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिक भएको वाम गठबन्धनको वडा भेला स्थल नजिकै उक्त बम विस्फोट गराइएको हो।
विस्फोटमा परी घाइते हुनेमा लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई र यमुना काफ्ले रहेका छन् भने चन्द्रपुर ५ की सरिता राई र उनका ६ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन्।
जसमध्ये यमुना र गोपालको अवस्था सामान्य रहेको रौतहटका डिएसपी रामकुमार दानीले बताए । घाइतेहरूलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ।
प्रकाशित: २ मंसिर २०७४ १०:२२ शनिबार