गुल्मीमा डोजरले फालेको ढुङ्गा लाग्दा एकजनाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिकाकोे टानेटादेखि टापु जाने सडक मर्मत गर्ने क्रममा डोजरले फालेको ढुङ्गा लागेर रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको हो।
प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेका अनुसार ढुङ्गाले चोट लागेका सुनारको घटनास्थलमै मृत्यु भएको थियो। दसैंलाई लक्षित गरेर सडक मर्मत तथा सफा गर्ने क्रममा सुनारको मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न डोजर चालक पाल्पाका कृष्ण बहादुर लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८० ०४:११ बिहीबार