५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सय वर्ष पूरा गरेका जेष्ठ नागरिकहरु सम्मानित

एक सय वर्ष पूरा गरेका देशका विभिन्न जिल्लाका जेष्ठ नागरिक (शताव्दी पुरुष महिला)हरु बुधबार राजधानीमा एक कार्यक्रमवीच सम्मानित भएका छन्।

सभामुख देवराज घिमिरेले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन्।

राष्टिय जेष्ठ नागरिक कोषले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो।सम्मानित हुनेहरुमा शताव्दी पुरुषहरु डा गौरीशंकरलाल दास, पँंखबहादुर थापा, चन्द्रबहादुर सुनुवार, इन्द्रमाया पौडेल, सानुमान शाक्य र जेष्ठ शताव्दी महिला कृष्णथकु ग्वाछा रहेका छन्।  

कार्यक्रममा सम्मानित व्यक्तित्व गौरीशंकरलाल दास, पूर्व परराष्टमन्त्री विमला राई पौडेल, संघीय सांसद् बद्री पाण्डे, आयोजक राष्टिय जेष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीलगायतले जेष्ठ नागरिक इश्वरको रुप रहेको भन्दै उनीहरुको सम्मानित जीवनयापनमा जोड दिए।  

प्रकाशित: १ कार्तिक २०८० १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App