४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पौडेल हत्यामा संलग्न पक्राउ

गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बडिगाड गाउँपालिका-६ का १९ वर्षीय विशाल विकलाई पक्राउ गरेको हो।

सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार यसअघि बडिगाड गाउँपालिका-६ स्थित आशा होटल एण्ड खाजाघरका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई पक्राउ गरिएको थियो। दुवै जनालाई अदालतले दोषी ठहर गरेपछि कारागार चलान गरिएको  थियो। घटनाको थप अनुसन्धान गर्न विकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए।  

प्रकाशित: २७ आश्विन २०८० ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App