२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

आज पहाडी भू–भागमा मौसम बदली रहने

आज देशका पहाडी भू–भागमा मौसम बदली रहने भएको छ।  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताएको छ।  

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

आज राति भने कोशी प्रदेश लगायत वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

कोशी प्रदेशको थोरै स्थानहरूमा तथा वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशभर मौसम बदली रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २६ आश्विन २०८० ०४:११ शुक्रबार

पहाडी भू–भाग मौसम पूर्वानुमान महाशाखा