द्वन्द्वग्रस्त क्षेत्र इजरायलमा रहेका नेपालीहरू स्वदेश फर्कन चाहन्छन्। आफ्ना १० जना साथीलाई गुमाइसकेको अवस्थामा त्रासमा रहेका नेपालीहरू सक्दो घर फर्कने भनिरहेका छन्। तर, सरकार निरिह जस्तै बनेको छ।
विभिन्न सपना लिएर इजरायल पु्गेका नेपालीहरूको उद्धारमा ढिलाई हुँदै गर्दा त्यहाँ रहेका नेपालीहरू सरकारसँग गुहार गरिरहेका छन्।
कालिकोटको खाँडाचक्र नगरपालिका–४ का कृष्ण आचार्य पनि यतिबेला आफ्नो उद्धारका लागि बिलौना गरिरहेका छन्। उनी आफू लगायतका साथीहरू नेपाल फर्कन चाहेको तर, सरकारले उद्धारमा ढिलाइ गरिरहँदा हरेक क्षण त्रासमा बितिरहेको बताउँछन्।
पढ्न र सिक्न कृषि विद्यालयबाट ३ महिना अघि मात्रै इजरायल गएका आचार्यले सँगै रहेका १० नेपालीको ज्यान गइसकेको अवस्थामा आफूहरू युद्धमा मर्न नचाहेको र घर फर्कन चाहेको बताएका छन्।
आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका स्टाटस जस्ताको तस्तैः
प्रकाशित: २४ आश्विन २०८० ०७:०३ बुधबार