गुल्मी – प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी छनोटकाे लागि लिखित परीक्षा संञ्चालन गरिएकाे छ । पहिलो चरण अन्तर्गत दाैड पास भएकाहरुले मंगलबर गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा सामुहिक लिखित परिक्षा दिएका छन् । लिखित परिक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो ।
पहिलो चरणमा छनोट भएर आएका एक हजार ४ सय २६ जनाले लिखित परिक्षा दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । म्यादी प्रहरीकाे लागि दुर्इ हजार २ सय ४४ जनाको आवेदन परेको थियाे । बेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई रहेको छ ।
मंगलबार साँझसम्म लिखित परिक्षाकाे नतिजा प्रकाशन भइसक्ने जानकारी प्रहरी उपरिक्षक अनुरागकुमार द्विबेदीले दिए । उनका अनुसार लिखित र अन्तवार्तामा छनौट भएपछि जिल्लाका विभिन्न प्रहरी इकाईहरुबाट तालिमहरु संञ्चालन हुनेछन् ।
प्रकाशित: ७ कार्तिक २०७४ ०६:४३ मंगलबार