२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपतिबाट भाइटीका प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा शनिबार शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिँदै । तस्बिर : रासस

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन्। 

राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। 

भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उनीसंग आशीर्वाद लिए। 

प्रकाशित: ४ कार्तिक २०७४ ०८:३४ शनिबार

राष्ट्रपतिबाट भाइटीका प्रदान