१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

१४ लाख बराबरको तस्करीका सामान बरामद

प्रहरीले कैलाली र कंचनपुरका विभिन्न नाकाबाट १४ लाख बराबरको तस्करीका मालसामान बरामद गरेको छ। भन्सार छली गरेर ल्याएका लुगाकपडादेखि दैनिक उपभोग्य सामग्री बरामद गरेको प्रहरीको भनाइ छ।

दुई दिनदेखि प्रदेश राजधानी अशान्त

निष्पक्ष छानबिनको माग राख्दै दुई बालक मृत्युको विषयलाई लिएर प्रदेश राजधानी वीरेन्द्रनगर दुई दिनदेखि अशान्त बनेको छ। उषा बालबाटिका स्कुलको होस्टेलमा दैलेखको चामुण्डाविन्द्रासैनीका आठ वर्षीय बालक सलाम पुलामीमगर झुण्डिएको अवस्थामा भेटिएका थिए भने शनिबार दैलेखकै आठवीस नगरपालिकाका पाँच वर्षीय बालक टुकदर्शन गिरीको वीरेन्द्रनगर ३ स्थित जुम्लारोड सडकमा मोटरसाइकलको ठक्करबाट निधन भएको थियो।

भरपर्दा उपचार पाएपछि बिरामीको चाप बढ्दै

भरपर्दा उपचार सेवा पाएपछि पश्चिम नेपालको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र गरिब, असहाय तथा विपन्न वर्गका बिरामीलाई निःशुल्क उपचार र बेड चार्जमा १० प्रतिशत छुट दिने सो अस्पतालमा आर्थिक वर्ष २०७८र०७९ मा २५ हजार एक सय ८१ जनाले स्वास्थ्य परीक्षण गराउँदा गत वर्ष २९ हजार दुई सय ५५ जनाले सेवा लिएको अस्पताल विकास समितिको भनाइ छ।

खाद्यले दसैंमा हिमाली च्यांग्रा र खसीबोका किन्दै

कोरोना भाइरस संक्रमणले पछिल्ला केही वर्ष च्यांग्रा किन्न छाडेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट एकहजार वटा च्यांग्रा किन्दै छ। ८ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको लिमिटेडले एकहजार वटा च्यांग्रा र दुइहजार खसीबोका अबको १५ दिनभित्र काठमाडौं भित्र्याउने भएको छ।  

नियन्त्रणमा लिएका बाघ राख्न स्थान अभाव

मानव बस्ती पुगेर पशु, चौपाय तथा मानिसलाई समेत आक्रमण गरेका कारण नियन्त्रणमा लिएका बाघ खोर अभावका कारण चितवन राष्ट्रिय निकुञ्जलाई व्यवस्थापन गर्न सकस भएको छ।  कसरा र सौराहामा रहेका ६ वटा खोर भरिएका र अन्य तीन बाघलाई बर्दिया, पर्सा र बाँके पठाइएको राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ।

एक सय वाकिटकी बरामद

भारतबाट सप्तरीको मोहनपुर नाका हुँदै तस्करीगरी भित्र्याइएको रेडियो सेट (वाकिटकी) सशस्त्र प्रहरीले बरामद गरेको छ। सुरक्षाकर्मीले मात्रै प्रयोग गर्ने ८  लाख रुपैयाँ मूल्यका एक सय वाकिटकी ल्याउने व्यक्ति भने फरार छन्।  

‘बहुमत पुग्ने अवस्थामा मात्रै मत दिन्छौं’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउने अवस्थामा मात्रै मतदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको भनाइ छ। एमाले चुनावी गठबन्धनको साझेदार पनि भएका कारण राप्रपाको मतले विश्वासको मत पाउने अवस्थामा मात्रै पार्टीले मत दिने उनले बताए।  

प्रकाशित: १४ आश्विन २०८० १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App