१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नाइजेरियाली नाइके खोज्दै प्रहरी

काठमाडौं- २ किलो ७ सय ग्राम कालो हेरोइन पठाउने व्यक्ति नाइजेरियाली नागरिक रफक्वाइन कोलेन्स रहेको खुलेपछि लागूऔषध नियन्त्रण ब्युरोले उनको पहिचान गर्न नाइजेरिया र लागूऔषध अनुसन्धान सम्बन्धी अन्तराष्ट्रिय संस्थाको सहयोग मागेको छ ।
नेपालमा फेला परेका कोकिनको मुख्य नाइके नाइजेरियाली नागरिक रहेको खुले पनि कसैको पूर्ण पहिचान हुन सकेको छैन । यस अगाडिको अनुसन्धानमा नाइजेरियाली नागरिक क्याथरिन र जोनको नाम खुलेको थियो । यी दुवैको पहिचानका लागि व्युरोले सम्बन्धित देशको प्रहरीसँग सूचना आदानप्रदान गरे पनि यी दुवैको पहिचान हुन सकेको छैन ।
आइतबार पक्राउ परेका बोलेभियन नागरिक एडमर ऐनेजलोपेजले प्रारम्भिक वयानमा कोलेन्सको नाम लिएपछि व्युरो उनको खोजीमा खटिएको हो । भारतीय नागरिक कमर जहानबाट कसैको नाम खुलेको छैन । उनले बेहेनजीले कोकिन लिन नेपाल पठाएको मात्रै बताएकी छिन् ।
‘एक नाइजेरियाली नागरिकको नाम खुलेकाले सम्बन्धित मुलुकको सुरक्षा निकायसँग उनकोबारेमा जानकारी लिने प्रयास भइरहेको छ,’ ब्युरो प्रमुख डिआइजी ठुले राईले भने, ‘ पक्राउ परेका दुवैबाट थप सूचना लिने प्रयास जारी छ ।’
प्रहरी संगठनको अन्तर्राष्ट्रिय संस्था इन्टरपोल, लागूऔषध र अपराध हेर्ने राष्ट्र संघीय कार्यालय युएनओडिसी लगायतकाले कोकिन, हेरोइन लगायतको तस्करीमा संलग्नहरुको खोजी र पहिचानमा सघाउने गर्छ ।
अनुसन्धान अधिकारीका अनुसार बोलेभियन नागरिक एनेजलोपेज भर्खरै कोकिनको भरियाको रूपमा काम सुरु गरेको देखिएको छ । उनले एक नाइजेरियाली नागरिकको नाम लिए पनि अन्यको नामबारे जानकारी नभएको दाबी गरेका छन् ।
भारतीय महिला जहान कोकिन तस्करीको अनुभवी भरिया हुन् । उनले अनुसन्धानमा प्रहरीलाई सहयोग गरेकी छैनन् । ‘बोलेभियन सोझो देखिए, उनले जानकारी भएसम्मको सूचना दिएका छन्,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘भारतीय महिला अनुभवी देखियो । उनीबाट सूचना निकाल्न सकिएको छैन ।’
कोकिनको मुख्य स्रोत कोलम्बिया, पेरु र बोलेभिया हुन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीन, सिंगापुर, हगंकगं, कतार, नेदरल्याण्ड लगायतका मुलुकमा कोकिन पु¥याउन ब्राजिल, पेरु र बोलेभियामा संगठित गिरोह सक्रिय छन् ।
पेरु र बोलेभियाबाट कोकिन युरो र अमेरिकी मुलुक पू¥याउन नेपाललाई ट्रान्जिट बनाउँदा रुट लामो हुने भए पनि ७ वर्षदेखि नाइजेरियाली समूहले हवाईमार्गमार्फत नेपालमा कोकिन भिœयाएर स्थलमार्गबाट भारत र चीन र हवाईमार्गबाट दुवई, मलेसिया, थायल्याण्ड हुँदै अन्य देश पु¥याउन सक्रिय देखिएका छन् ।

प्रकाशित: १० आश्विन २०७४ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App