१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महिला हिंसाविरुद्ध लड्ने राजकुमारी नै बोक्सी आरोपमा कुटिइन्

पीडित राजकुमारी उपाध्याय । तस्बिर : रितेश त्रिपाठी

वीरगञ्ज – वीरगञ्ज होस वा सुदुर गाउँ–देहात, महिलामाथी अन्याय भएको घट्ना भएको छ भने अरु कोही पुगोस नपुगोस राजकुमारी उपाध्यायले थाहा पाएपछि पीडितको लागि छत्रछाया भएर उभी दिन्छिन् । तर उनी बस्ने वीरगञ्ज पानीट्याकीस्थित घरको प्राङ्गणभित्रै रातिको समयमा पसेर छिमेकका केही महिला र पुरुषहरूले बोक्सी भनेर कुटपिट गरेका छन्। अरु महिलाहरू बोक्सी भनेर कुटिदा वा कुनै प्रकारले हिंसामा पर्दा अघि सर्ने महिला अधिकार मञ्च की जिल्ला अध्यक्ष समेत रहेकी ५५ वर्षीया उपाध्याय यतिखेर न्याय पाउन धाइरहेकी छिन्। 

रातिको समयमा मानिसहरू निदाइरहेको बेला १ बजे देखि साढे ३ बजेसम्म शनिवार बिहान साढे तीन घण्टासम्म छिमेकमा बस्ने ती मानिसहरूले उनलाई आफ्नो कब्जामा राखेर यातनापूर्ण व्यवहार गरिरहे। ‘म धनकुटाबाट शुक्रवार बिहान मात्र फर्केको थिएँ, घर आएपछि बिसन्चो लागिरहेको थियो, दिनभरी कतै गइन आराम गरी बसें, खाना र त्यसपछि औषधी खाएर राति साढे ९ बजेतिर सुुतेकी होउँला, १ बजेतिर ढोकामा जोडजाडले हानेको सुनियो, टोलमा लोग्नेस्वास्नीको झगडा हुँदा कहिलेकाँही जगाउन आउँदा रहेछन्, मलाई त्यही लाग्यो पहिले त अल्छि माने पछि ढोका ढकढकाउन बन्द नगरेपछि निस्केर आवाज लगाएँ ‘को हो ?’ भनेर, जवाफ आएन, ढोका खोलेँ,’ उपाध्यायले घटना सुनाइन, ‘उनीहरू महिला, केटीहरू र पुरुष गरी ७/८ जना थिए, मलाई घेरी हाले।’

‘२५/३० वर्ष कि एकजना महिलाको हातमा अक्षता, अबिर, फुल र बलिरहेको अगरबति थियो, शरीता श्रेष्ठ नाम भएकी उसलाई अरुले बाबा भनिरहेका थिए, शरीरमा हाउभाउ ल्याएर मलाई बोक्सी भनेर आफूसंग हिड्न भनिरहेकी थिइन । म जानलाई मानिन् । मेरो गालामा चड्काई हाली,’ उपाध्यायले भनिन्, ‘मसंग उनीहरूले कुटपिट गरे । माथी बुहारी बस्ने कोठा छ, उसलाई तल आउन दिएका थिएनन् । मँ बिरामी मान्छे साढे ३ घण्टा उनीहरुको कब्जामा थिएँ ।’ उपाध्याय की बुहारीले बाहिर बस्ने आफ्नो श्रीमानलाई फोन गरिरहेकी थिइन, ३ बजेतिर फोन उठ्यो । त्यसपछि उपाध्यायका छोराले आफ्नो साथीलाई फोन गरेर आमालाई हेर्न पठाए। छोराको साँथीले आएर कब्जामुक्त गराएको उनले बताइन्। 

‘२५/३० वर्ष कि एकजना महिलाको हातमा अक्षता, अबिर, फुल र बलिरहेको अगरबति थियो, शरीता श्रेष्ठ नाम भएकी उसलाई अरुले बाबा भनिरहेका थिए, शरीरमा हाउभाउ ल्याएर मलाई बोक्सी भनेर आफूसंग हिड्न भनिरहेकी थिइन । म जानलाई मानिन् । मेरो गालामा चड्काई हाली,’

सोही ठाउँ बस्ने जया लामा भन्ने किशोरीलाई केही समस्या भएपछि पानीट्याकी चोकमा मोमो र खाजा पसल संचालन गर्ने बाबुआमाले छिमेकी सोनी श्रेष्ठलाई भनेका रहेछन् । सोनीले आफ्नो बहिनी शरितालाई बाबा बनाएर ल्याउँदा शरिताले बोक्सीले टुनामुना गरेको भनी उपाध्यायलाई आरोपित गरेपछि घट्ना भएको हो । बाबा बनेकी शरिताका भिनाजु अर्थात सोनीका श्रमान भोगेन्द्र कार्की सशस्त्र प्रहरी बलमा कार्यरत छन् । घटनामा सामेल रहेका कार्कीले उद्धार गर्न आएकालाई अवारेध गर्न खोजेका थिए । बोक्सीलाई आफूहरुले ठिक पारिरहेको भन्दै कार्की जंगिएपछि केहीबेर अब के गर्ने जस्तो लागेको थियो भनी उपाध्याय सम्झिन्छिन् । 

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र की सहायक प्रहरी निरीक्षक तनुजा श्रेष्ठलाई कब्जामुक्त भएपछि उपाध्यायले सबै कुरा फोनमा बताएकी थिइन् । बिहानपख प्रहरी आइपुग्यो । ‘तनुजाले गम्भीरताले लिइन् । मुद्दा लिएर जाँदा भने जिल्ला प्रहरीले चाहिएजस्तो गम्भीरता देखाएको छैन्,’ उपाध्यायले भनिन्, ‘अर्कोतिरबाट मिल्ने भनेर दबाव आइरहेको छ । तर, मँ लड्छुँ, न्यायका लागि, मेरो आफ्नो लागि मात्र होइन्, बोक्सी आरोपमा पीडित बन्ने गरेका महिलाहरुका लागि ।’ 

उपाध्यायलाई लिएर जिल्ला प्रहरी गएकी छिमेकी मालती श्रेष्ठ प्रहरीको व्यवहारबा क्षुब्ध छिन् । ‘यही हो त प्रहरीको काम ? न्यायका लागि गएको पीडितलाई बाहिर बस्न भनियो, आरोपीहरू कुर्सीमा बसेर हाँसीरहे,’ उनले भनिन्, ‘जाबो सशस्त्र प्रहरीको तल्लो तर्जाको एक व्यक्ति संलग्न एउटा मुद्दामा अनुसन्धान गर्ने प्रहरी बिचलित हुन्छ भने ठूला दर्जाका प्रहरी प्रसाशनका व्यक्तिले त जे गर्दा नी कानून नलाग्ने रहेछ ।’ जिल्ला प्रहरी कार्यालयले ६ जनालाई सोधपुछका लागि ल्याएर नियन्त्रणमै राखेको जनाएको छ । ति ६ जनामा को को छन् खुलाउन नमिल्ने प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताए । ‘अहिले जाहेरी आउन बाँकी छ, हामीले सोधपुछका लागि ६ जनालाई ल्याएका हौं,’ खड्काले भने, ‘जाहेरी परेपछि थप अनुसन्धान हुन्छ । त्यसपछि कसैमाथी जाहेरी परेको त्यस अनुसार पक्राउ गरेर मुद्दा चलाउने हो । त्यतिखेर नाम पनि बताउन मिल्छ ।’ 

पछिल्लो डेढ दशकदेखी महिलाहरूको पक्षमा उपाध्याय सयकडौं घटनामा पीडितको सहयोगीको रुपमा सहभागी भएकी छिन् । त्यसमध्ये कति घटना बोक्सी भनेर उत्पिडनका थिए उनलाई याद छैन् । ‘धेरै घट्ना छन् बोक्सी भनेर कुटपिट हुने, यातना हुने, मलमुत्र खुवाउने मात्र होइन् बोक्सी भनेर महिलाको हत्या भएको सम्मका घट्ना मैले हेरेकी छुँ,’ उपाध्यायले भनिन्, ‘मसँग दुव्र्यवहार र कुटपिट भइरह्दा पनि मैले सम्झाउन खोजिरहेको थिएँ, बोक्सी भन्ने कुरा अन्धविश्वास हो, कानूनी रुपमा तिमीहरु अपराध गर्दैछौं, यसरी कसैमाथी आरोप लगाएर पीडित बनाउन मिल्दैन, बिचार गर ! यो ठिक होत ?’ तर उनको कुरा सुनिएन् । 

प्रकाशित: ८ आश्विन २०७४ १०:५४ आइतबार

महिला हिंसाविरुद्ध लड्ने राजकुमारी नै बोक्सी आरोपमा कुटिइन्