३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

गैह्रीगाउँ हत्या प्रकरणः यस्तो छ घटनास्थल (तस्बीरहरु)

काठमाडौं तीनकुने स्थित गैह्रीगाउँमा गएराति एकैपरिवारको चार जनाको सामुहिक हत्या भएको छ। तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।  

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल,  कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  

गएराति करिब १२ बजेतिर घटना भएको हो। अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा छ। मुख्य सडक छेउकै एक तले जस्ताको टहरोमा मध्यरातमा घटना घटेपनि सर्वसाधारणले भने बिहानमात्र घटनाबारे थाहा पाएका थियाे। अहिले सर्वसाधारण घटनास्थलमा जम्मा भएका छन्।  

हेर्नुस् घटनास्थलको तस्बीरहरुः

 

 

 

 

प्रकाशित: ३० भाद्र २०८० ०३:५१ शनिबार

गाउँ हत्या प्रकरण