१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्ठि गरिने भएको छ।

सोमवार राति निधन भएको नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको अन्त्येष्ठि अघि शवयात्रा पनि निकालिने छ। बालुवाटारस्थित नेम्वाङको निवासबाट निकालिने शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बुधवार बालुवाटारस्थित उनकै निजी निवासमा लगिएको हो।

सरकारले नेम्वाङको अन्त्येष्ठिका दिन आज सार्वजनिक विदा समेत दिएको छ।

प्रकाशित: २८ भाद्र २०८० ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App