२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बिस्फोटक पर्दाथसहित एक पक्राउ

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हो। 

श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अवैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए।

श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै यसबारे थप अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७४ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App