१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोरखपुरमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

भैरहवा- भारतको गोरखपुर नजिकै रेडिमिक्स मिक्स्चर र कार एक आपसमा ठोक्कीदा सात जना नेपालीको मृत्यु भएको छ। घटनामा एक जना भारतीय नगारिकको पनि मृत्यु भएको छ। सुनौलीका ती व्यक्ति कार चालक भएको प्रहरीले जनाएको छ। गोखरपुर नौतनवा सडक खण्डको पुरन्दरपुरमा कार र रेडिमिक्स मिक्स्चर एक आपसमा ठोक्कीदा कारमा सवार सात जना नेपालीको मृत्यु भएको भारतीय प्रहरीलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रविन बिष्टले जानकारी दिए।

भारतीय प्रहरीका अनुसार युपी ५३ सि.टी ७२०२  नम्बरको कार गोरखपुरबाट सुनौली तर्फ आउँदै थियो। मृत्तक नेपालीहरुको सनाखत भइनसकेको र थप जानकारी आउन बाँकी रहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । भारतीय प्रहरीका अनुसार मृतक सबैको घटना स्थलमै मृत्यु भएको हो। कार सडकबाट केही तल खसेको र शव र कार क्षतबिक्षत अवस्थामा रहेको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा चार जना पुरुष एक जना महिला र दुई जना बालबालिका रहेको बताइए पनि पुष्टि भने भइसकेको छैन। घटनास्थल तर्फ नेपालका केही सुरक्षाकर्मी पठाइएपनि थप जानकारी आइसकेको छैन । घटनास्थल नेपाल भारत सिमानाका भन्दा करिब ४० किलोमिटर टाढा रहेको बताइएको छ।

प्रकाशित: २३ भाद्र २०७४ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App