रौतहट—बाढीबाट अत्यन्त प्रभावित बालबालिकालाई धुर्मुस–सुन्तली फाउन्डेसनले स्टेशनरी सहयोग गरेको छ। सदरमुकाम गौर र आसपासको बस्तीमा दश फिटसम्मको पानी जमेर धेरै घरपरिवारको विचल्ली बनाएपछि लेखपढ गर्न गाह्रो भएका विद्यार्थीलाई फाउन्डेशनले स्टेशनरी सहयोग उपलब्ध गराएको हो।
स्टेशनरी अभावमा केही बालबालिका पढाइबाट वञ्चित भइरहेको सूचना आएपछि बालबालिकाको पढाइलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वासले स्टेशनरी प्रदान गरिएको उनको भनाइ छ।
सदरमुकाम गौरमा रहेको बालमन्दिर विद्यालयमा एक समारोहबीच विभिन्न विद्यालयका बालबालिकालाई स्टेशनरी प्रदान गरिएको थियो। विद्यार्थीलाई झोला, कापी, कलम, सिसाकलम, जुमेट्री बक्स, पानी बोक्ने बोतल लगायतका सामग्री हजार बालबालिकालाई प्रदान गरिएको फाउन्डेसनका प्रबन्धक अर्जुन न्यौपानेले बताएका छन्।
स्टेशनरी अभावमा केही बालबालिका पढाइबाट वञ्चित भइरहेको सूचना आएपछि बालबालिकाको पढाइलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वासले स्टेशनरी प्रदान गरिएको उनको भनाइ छ।
दाल, चामल, चाउचाउ लगायतको राहत धेरैले बाँडे पनि बालबालिकाको भविष्यसँग जोडिएको शैक्षिक राहत कसैले दिन नसकेको अवस्थामा फाउन्डेसनले स्टेशनरी उपलब्ध गराएपछि निकै खुसी लागेको बाल मन्दिर विद्यालयका प्रधानाध्यापक गणेश राय यादवले बताएका छन्।
प्रकाशित: २० भाद्र २०७४ ११:२६ मंगलबार