५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली नोटसहित हेटौँडामा तीन जना पक्राउ

हेटौंडाबाट ९५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले रौतहट जिल्लाको कटहरिया नगरपालिका ६ नम्बर वडाका १९ वर्षका धर्मेन्द्र महरा, कटहरिया नगरपालिका १ का २१ वर्षका दिपेश दास र मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका २ नम्बर वडाका ४० वर्षका विजय तामाङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले महरा र दासलाई हेटौँडा १५ स्थित चुरियामाई मन्दिर नजिकै हिँडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका दास र महराको शरीर खानतलासीको क्रममा नक्कली नेपाली नोट बरामद भएको उनले बताए । 

‘महरा र दासलाई नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा सोधपुछ गर्ने क्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका २ का विजय तामाङले दिएको भनेपछि उनलाई पनि पक्राउ गरेका छौँ’, प्रवक्ता कार्कीले भने, ‘यस विषयमा आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको छ ।’ प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेका तीनै जनालाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाएको छ । 

प्रकाशित: १५ भाद्र २०८० १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App