७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रसुवा जिल्ला प्रशासनमा स्तनपान कक्ष

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको स्तनपान कक्ष

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवामा स्तनपान कक्षको स्थापना गरिएको छ। कार्यालयमा नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीले बालबालिकासमेत बोकेर आउने भएकाले सहजताका लागि कक्षको स्थापना गरिएको हो। 
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार सेवा लिनका लागि बच्चा बोकेर आउने दिदीबहिनीलाई यो कक्षले सहयोग पुग्नेछ। 

गाउँबाट बच्चा बोकेर सेवा लिन आएका दिदीबहिनीको बच्चा रुने, काखमा नै निदाउने तथा कुर्नु पर्ने अवस्थामा उनीहरूले आराम गर्न समेत पाउने प्रजिअ पौडेलले बताइन्। कार्यालयको एउटा छुट्टै कोठामा बेडसहितको एउटा कक्ष स्थापना गरिएको छ।

त्यसैगरी कार्यालयमा जाने सेवाग्राहीको सहजताको लागि हेल्प डेक्सको समेत स्थापना गरिएको छ। जिल्लाको ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई कार्यालयले दिने सेवाको बारेमा जानकारी दिनका लागि डेक्स राखिएको हो। 

कार्यालयबाट प्रदान गरिने सेवा र सेवा पाउनका लागि सेवाग्राहीले उपलव्ध गराउनुपर्ने कागजपत्रबारे जानकारी पाउनेछन्। ‘ग्रामीण क्षेत्रबाट सेवा लिन आउने सेवाग्राहीलाई प्रशासनिक कार्यबारे थाहा न हुन सक्छ। उनीहरूले नजानेका तथा नबुझेका कुरा त्यहाँ सोधेमा सेवा लिन सहज हुन्छ', प्रजिअ पौडेलले भनिन्। हेल्प डेक्सबाट नागरिकताको अनुसूचि समेत दिने गरिएको छ।

प्रजिअ पाैडेलले गत बुधबार कार्यालयको जिम्मेवारी सम्हालेकी थिइन्।

 

प्रकाशित: ८ भाद्र २०७४ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App