२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनहरीमा डुबेर ३ बालकको मृत्यु

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका ७ मा अवस्थित खोलामा पौडी खेल्न गएका ३ जना बालकको डुबेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाले तीन बालकको खोलामा डुबेर मृत्यु भएको बताए ।
 
खोलामा डुबेर वडा नम्बर ७ निवासी १० वर्षीय अलेश रुम्बा लामा, ११ वर्षीय अमन थिङ र १२ वर्षीय प्रकाश रुम्बाको मृत्यु भएको हो । उनीहरुसँगै डुबेका १५ वर्षीय बुद्ध लामालाई भने स्थानीयले उद्वार गरेका छन् । उनलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको डिएसपी झाले जानकारी दिए ।

मृतक बालकहरूको शव मनहरी पुलमुनि खोलाबाट निकालिएको छ । हाल उनीहरूको शव स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । 

 

प्रकाशित: ८ भाद्र २०७४ ०६:३५ बिहीबार

मनहरीमा डुबेर बालकको मृत्यु