९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विपद्बारे चेतना अभावले नेपालमा बढी क्षति

प्राकृतिक तथा अन्य प्रकारका विपद् हरेक देशमा हुने गरे पनि विपद् जोखिमबारे जनचेतना कमी हुँदा विकसित देशको तुलनामा नेपालमा बढी क्षति हुने गरेको पाइएको छ। विपद् व्यवस्थापन कार्यालयका अनुसार समाजिक चेतनाको अभावमा नेपालमा हरेक वर्ष विपद्ले बढी क्षति पुर्‍याउँदै आएको छ।

दुई साताअघि काठमाडाैं उपत्यकामा अविरल वर्षापछि बाढी आयोा। खोल्साको बाढीमा परेर काठमाडाैं सामाखुसी बस्ने १३ वर्षीय बालक साजन मगरको मृत्यु भयो। प्रहरीले लगातार दुई दिन खोजेपछि उनलाई चोभारमा मृत अवस्थामा फेला पारेको थियो। उनको परिवारमा विपद् व्यवस्थापनबारे सामान्य जानकारी भएको भए घटना नहुन पनि सक्ने विपद् व्यवस्थापन कार्यालयका प्रमुख डम्मर विश्वकर्माले बताए। साजनका अविभावक सामान्य पेसा गरेर काठमाडांैमा जीविका चलाउँदै आएका छन्।

साजनका अविभावकमा विपद् जोखिमबारे चेतना भएको भए साजनलाई पूर्वजानकारी दिन्थे र ठूलो पानी परेको बेला बाहिर जाँदैनथे या जोगिएर मात्र हिँड्थे भन्ने विश्वकर्माको भनाइ छ। प्रहरीका अनुसार साजन सानो खोल्सामा आएको बाढीको तह सडकको तहसरह देखिए पनि छुट्टयाउन नसकेर खोल्सामा परेर बगेका थिए।

दुई साताअघि काठमाडाैं उपत्यकामा अविरल वर्षापछि बाढी आयोा। खोल्साको बाढीमा परेर काठमाडाैं सामाखुसी बस्ने १३ वर्षीय बालक साजन मगरको मृत्यु भयो। प्रहरीले लगातार दुई दिन खोजेपछि उनलाई चोभारमा मृत अवस्थामा फेला पारेको थियो।

दुई वर्षअघि सामाखुसीमै खोल्सामा परेर एक बालक बगेका थिए। ठूलो पानी पर्दा अपनाउनुपर्ने सामान्य सावधानीको कमीले बालकलाई बाढीले बगाएको प्रमुख विश्वकर्मा बताउँछन्। यी केवल प्रतिनिधि घटना हुन्। नेपालमा बर्सेनि प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति हुने गरेको विपद् नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन्। प्रकोप विकसित देशमा पनि हुन्छ तर नेपालमा आधाभन्दा बढी गुणा मानवीय तथा भौतिक क्षति हुने गरेको उनको भनाइ छ। ‘त्यही स्केलको भूकम्प आउँदा जापानमा दुई/चारजनाको मात्र मृत्यु हुन्छ भने नेपालमा सयौं जनाको,’ उनले भने।

एकातिर विपद् जोखिम व्यवस्थापन राज्यस्तरबाटै कमजोर हुनु, अर्कातिर स्थानीय तह र नागरिकको तहमा पर्याप्त जनचेतना नपुग्नुले क्षति बढी हुने गरेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रमुख डम्बर विश्वकर्मा बताउँछन्। ‘विकसित देशको तुलनामा हाम्रा जोखिम न्यूनीकरणजन्य संरचना नै छैनन्, त्यसमा पनि नागरिकस्तरमा जोखिमबाट बच्ने चेतना एकदमै कम छ,’ उनले भने।

दुई वर्षअघि सामाखुसीमै खोल्सामा परेर एक बालक बगेका थिए। ठूलो पानी पर्दा अपनाउनुपर्ने सामान्य सावधानीको कमीले बालकलाई बाढीले बगाएको प्रमुख विश्वकर्मा बताउँछन्।

विगत एकदशकयता अर्थात् भूकम्पपछि नेपालमा विपद् व्यवस्थापनको जनचेतना तुलनात्मक रूपमा बढेको भए पनि समुदायस्तरमा हुने हेलचेक्र्याइँले विपद्बाट बढी क्षति बेहोर्नुपरेको विपद् न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल बताउँछन्।

नेपालका विपद् व्यवस्थापन २०७२ सालको भूकम्पपछि विपद् व्यवस्थापन रणनीति अन्तर्राष्ट्रियस्तरको बने पनि अहिले पनि समुदायस्तरमा त्यो चेतना दिन नपुगेको विक बताउँछन्। ‘त्यो चेतना दिन नसक्नु नै अहिलेको कमजोरी हो,’ उनले भने। ‘प्रभावित क्षेत्रका मानिसलाई सूचना पनि जान्छ। तर त्यो क्षेत्रका मानिसले पनि नजरअन्दाज गर्ने कारण पनि प्राकृतिक प्रकोपको कारण बढी क्षति बेहोर्नुपर्छ,’ उनले भने।

विपद् व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार गत जेठेयता बाढी पहिरोे जस्ता प्राकृतिक प्रकोपको कारण ६९ जनाको बाढीपहिरोमा मात्र मृत्यु भएको छ भने २९ जना वेपत्ता र एक सय तीनजना घाइते छन्। यो अवधिमा १२ देखि १५ अर्ब आर्थिेक क्षति भएको छ। गत आर्थिक वर्षमा बाढी पहिरोमा परी एक सय ११ जनाको मृत्यु भएको छ भने एक सय १० जना घाइते र २६ जना बेपत्ता भएका छन्। तीन सय ७३ जना घर र २८ सय ४४ जना विस्थापित भएका छन्।

त्यसैगरी विसं २०७८ मा बाढीपहिरोमा परी एब सय ३४ जनाको मृत्यु भएको थियो भने एक सय ५७ जना घाइते भएका थिए। १३ सय ६७ वटा चौपायाको मृत्यु, एक हजार ११ घरको क्षति र १३ सय ५३ जना घरपरिवार विस्थापित भएका थिए। हरेक वर्ष नेपालमा बाढीपहिरो या चट्याङमा परी यो भन्दा बढी क्षति हुने गरेको नेपाल विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख पोखरेल बताउँछन्। एक दशक अघिको तुलनामा यो संंख्या घट्दै गएको तथ्यांकले औल्याएपछि विकसित देशको तुलनामा अत्यन्त बढी क्षति हुन्छ।

विगत एकदशकयता अर्थात् भूकम्पपछि नेपालमा विपद् व्यवस्थापनको जनचेतना तुलनात्मक रूपमा बढेको भए पनि समुदायस्तरमा हुने हेलचेक्र्याइँले विपद्बाट बढी क्षति बेहोर्नुपरेको विपद् न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल बताउँछन्।

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रमुख विकका अनुसार नेपालमा बाढी पस्ने जोखिम भएका भौगोलिक स्थल, पहिरो जाने बस्तीहरू र भूकम्प जाने संरचना, बाढीपहिरो, इनारभित्र पस्दा हुने जोखिम, ग्यास सिलिण्डर लिक हुँदाको आगलागी, अन्य खालका आगलागी, विद्युत्को सुरक्षित प्रयोगको विषयमा पर्र्याप्त जनचेतना नहुनु नै क्षतिको प्रमुख कारण हो।

उनका अनुसार क्षति भइसकेपछि उद्धार गर्नमा खर्चिनुभन्दा क्षति हुन नदिन दिइने जनचतेना महत्त्वपूर्ण रहेकाले यो विषयमा स्थानीय सरकारको ध्यान जानु आवश्यक छ। नेपालको संविधानले सबै जोखिमसँग जोडिएका सबै मन्त्रालय र सबै तहका सरकारलाई जिम्मेवार बनाएको छ। तर सोअनुसार स्थानीय तहमा कार्यान्वयन प्रभावकारी नभइसकेको र अभ्यास गराउँदै जानुपर्ने आवश्यकता देखिएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल बताउँछन्।  

प्रकाशित: १३ भाद्र २०८० ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App