२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सर्पको डसाइबाट एक बालकको मृत्यु

राजविराज – सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट बुधबार एकजना बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका–५ छपकी निवासी मोहम्मद सबिरका तीन वर्षीय छोरा मोहम्मद साहिल रहेको इलाका प्रहरी कार्यालय मोहुलीले जनाएको छ। 

घरनजिकै खेतको आलीमा उत्तानो परेको अवस्थामा बालकलाई भेटेपछि तत्काल उपचारका लागि महुलीस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको दाहिने खुट्टामा सर्पले टोकेको स्थानीयवासीले बताएका छन् । रासस 

प्रकाशित: ३२ श्रावण २०७४ १०:१२ बुधबार

सर्पको डसाइबाट बालकको मृत्यु