१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुहवी ग्रीडको पानी घट्दै, विद्युत सेवा मंगलवारबाट सुचारु हुनसक्ने

विराटनगर- लगातारको भारी बर्षाले जलमग्न भएको नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडको पानीको सतह निरन्तर कम भइरहेको छ। भारी बर्षाले प्राधिकरणको दुहवी ग्रीडमा पानी जम्दा शुक्रवार रातीदेखि पूर्व क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ।

                शुक्रवार रातीदेखि परेको भारी बर्षाले प्राधिकरणको दुहवी ग्रीडमा साढे तीन फिटसम्म पानी जमेको थियो। आइतवार अपरान्हदेखि भारी बर्षा हुने क्रम रोकिएपछि दुहवी ग्रीडमा जमेको पानीको सतह पनि घट्दै गइरहेको छ । प्राधिकरण दुहवी ग्रीडका प्रमुख अफताव आलमका अनुसार पानीको सतह कम भएपछि मेशिनलाई सुकाउने काम सोमवारदेखि थालिएको छ ।

                ‘पानी निकै घटेको छ,’ उनले भने, ‘सोमवार पानी परेन् भने मंगलवार(आज)देखि बिद्युत सेवा सुचारु हुनसक्छ ।’ प्राधिकरणको दुहवी ग्रीडमा सोमवारदेखि जेनेरेटर चलाएर रिले र डिभाइसहरु सुकाउने काम भइरहेको छ । ‘हाइ स्पीड(तीव्र गति)को पंखा र बोल्डर चलाएर ग्रीडको मेशिन र पार्टपूर्जा सुकाउने काम भइरहेको छ,’ दुहवी ग्रीडका प्रमुख आलमले भने, ‘थप बर्षा भएन भने मंगलवारदेखि बिद्युत सेवा सुचारु हुन्छ ।’

                भारी बर्षाले दुहवीस्थित प्राधिकरणको ग्रीडमा पानी पस्दा शुक्रवार रातीदेखि नै पूर्व क्षेत्रमा बिद्युत सेवा अवरुद्ध छ । बिद्युत सेवा नहुँदा सर्वसधारण थप सास्ती व्यहोर्न बाध्य छन् । पानीले जलमग्न भएको घरमा रातको समयमा बिजुली नहुँदा सर्प र बिच्छीको बिगबिगी छ ।

                नेपाल बिद्युत प्राधिकरणको दुहवी ग्रीडमा पसेको पानी निकाल्न नेपाली सेनाको प्रयोग गरिएको छ। नेपाली सेनाको मद्दतमा दुहवी ग्रीडमा जमेको पानी बाहिर फ्यालिएको छ । जलमग्नकै कारण ग्रीड सञ्चालनमा नआउँदा मेची र कोसी अञ्चलमा बिद्युत सेवा चार दिनदेखि अबरुद्ध छ ।

                भारी बर्षा र बाढीले धेरै ठाउँमा बिजुलीको पोलमा पनि क्षति पु¥याएको छ । लडेको र भत्केको बिद्युतको पोललाई ठड्याउने र चुँडिएको तार लगाउने काम पनि सोमवारदेखि थालिएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । ‘मेची र कोसी अञ्चलको सबै क्षेत्रमा बिद्युत सेवा मंगलवारदेखि सुचारु गर्ने गरी काम भइरहेको छ,’ ग्रीडका प्रमुख आलमले भने, ‘हामीले भएरभरको सबै शक्ति बिद्युत सेवा सुचारु गर्नेमा खर्चिरहेका छौं ।’

प्रकाशित: ३० श्रावण २०७४ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App