१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

‘सडकका कुकुरलाई माया गरौं’

‘सडकमा हिँडडुल गर्ने छाडा कुकुर नकुटौं’, अंग्रेजी भाषामा ससाना विद्यार्थी सामूहिक रूपमा आह्वान गर्दै थिए, ‘सकिन्छ भने हेरचाह गरौं, माया गरौं।’ बुधबार भक्तपुरमा भएको एउटा कार्यक्रममा स्कुले विद्यार्थी सडकमा छाडा कुकुरका पक्षमा यसरी वकालत गर्दै थिए।

बुधबार आयोजना गरेको एभरेस्ट इङलिस स्कुल मिवाछेंव्यासी भक्तपुरले मिट दी अथर (काठमाडौंका सडकको एक कुकुरबारे लेखिएको पुस्तक ‘साथी’ की अमेरिकी लेखिका जुलु) सँगको अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले यसरी आग्रह गरेका छन्।

विशेष गरेर सडक तथा गल्लीका फोहोरी कुकुर आएपछि धेरैले कुट्ने-पिट्ने गरेको भन्दै त्यस्ता कुकुरमाथि दया गरिदिन अनुरोध गरे।

कार्यक्रममा आयोजक स्कुलका साथै जिल्लाका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक सहभागी थिए। जिल्लास्थित मेधा मावि तेखापुखू, गणेश मावि भार्वाचो, वासु मावि कालिघाट, फैढोका आधारभूत विद्यालय फैढोका, बालभूषण आधारभूत विद्यालय भक्तपुरका विद्यार्थी एवं शिक्षक सहभागी भएका थिए।

समूह-समूहमा विभाजित भई कसैले स्कुल रहेको मिवाछेंमा रहेका छाडा कुुकुरको अवस्था, कसैले स्कुलले संरक्षणमा राखेका दुईवटा सडक कुकुरबारे बोलेका थिए। कसैले सडक कुकुरको अध्ययन गरी त्यसको अवस्थालगायतका विषयमा बोलेका थिए।

पशु अधिकारकर्मीसमेत रहेकी लेखिका जुलु प्यालेकी अंग्रेजी र नेपाली दुईवटै भाषामा प्रकाशित ‘साथी’ स्कुले विद्यार्थीबीचसमेत चर्चित छ। ‘जुलाई २०२० मा सोनाम याङजोमन सधैं झैं सडकका कुकुरलाई खाना खुवाउने क्रममा एक दिन एउटा कुकुरलाई घाइते अवस्थामा भेट्नुहुन्छ, जसलाई आफ्नो घरवरिपरि घुमिरह्यो भन्ने रिसले एक महिलाले उम्लिरहेको पानी कुकुरको ढाडमा खन्याइदिएर घाइते बनाएकी थिइन्।’ कार्यक्रममा उनले भनिन्।

त्यही सत्य घटनामा केन्द्रित भएर साथी लेखिएको उनले सुनाइन्। कार्यक्रममा विद्यार्थीले लेखिका जुलुसँग प्रश्नोत्तर पनि गरेका थिए। कुराकानीका क्रममा जुलुले अहिले उक्त कुकुर क्यानडामा खुसीसाथ रहेको पनि कार्यक्रममा उनले सुनाइन्। उनका अनुसार त्यो कुकुरलाई एकजनाले पालनपोषण गरिरहेका छन्।

कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्राचार्य भक्त राजभण्डारीले विद्यालयका छात्रछात्रासँग लेखक कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष स्कुलले यस्ता कार्यक्रम गर्दै आएको जनाए।

कार्यक्रममा स्कुलका एकेडेमिक कोअर्डिनेटर संगीता किवाछेंले विद्यार्थीमा पुस्तक अध्ययनको बानी बसाउन स्कुलले यस्ता कार्यक्रम गर्दै आएको जनाइन्।

प्रकाशित: ३२ श्रावण २०८० ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App