१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

ललिता निवास प्रकरण: २ जनालाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश

फाइल तस्बिर

ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन्।

स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए।  

अधिकारीले भने, 'उहाँहरुको स्वास्थ्यमा समस्या आएका कारण मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको हो। रिहा हुनेमा धर्मप्रसाद गौतम  र लोकहरि घिमिरे रहेका छन्।'

रिहा हुनेमा मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम  र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रहेका छन्।

सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ।

प्रकाशित: ३१ श्रावण २०८० १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App