५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

३ राजमार्गको ३ स्थानमा अवरूद्ध

अविरल वर्षाका कारण ३ वटा राजमार्गको ३ ठाउँमा सडक अवरूद्ध भएको छ ।

वर्षाका कारण पहिरो गएर तमोर करिडोर अन्तर्गत चतरा मुलघाट माझीटार अमरापुरडाँडा गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध भएको छ ।

त्यसैगरी कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन रिडी कोरला सडक म्याग्दीको बैसरीमा अवरूद्ध भएको छ ।  

त्यसैगरी रिडी बालकोट हंसपुर प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको सडक विभागले जानकारी दिएको छ।

पहिरोले  अवरूद्ध हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड भने अहिले निर्बाध सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।  

भारी वर्षाका कारण देशका अन्य ३८ ठाउँमा एकतर्फीरूपमा सडक सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

प्रकाशित: २८ श्रावण २०८० ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App