नुवाकोट – नुवाकोटको विदुर नगरपालिका ३ खड्गभञ्याङ स्थित त्रिशुली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
अन्दाजी ३५ वर्षीया महिलाको शव बगाएर ल्याएको अवस्थामा नदी किनारमा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
शव परीक्षण गर्न जिल्ला अस्पताल त्रिशुलीमा राखिएको छ ।
प्रकाशित: ५ श्रावण २०७४ ०८:५९ बिहीबार