१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा दाहा पर्वमा डिजे बजाउन रोक

सर्लाहीमा मुस्लिम समुदायको दाहा पर्वमा डिजे बजाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले साउन १३ गते मुस्लिम समुदायको दाहा पर्वमा डिजे बजाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।

पर्व मनाउने क्रममा कार्यक्रमहरु गर्दा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गरी पर्व मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुरोध गरेको छ।

बिहीबार सार्वजनिक अपिल जारी गर्दै जिप्रका सर्लाहीले सार्वजनिक स्थानहरूमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा डिजे बजाउने जस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन पनि आह्वान गरेको छ।

सौहार्द्रपूर्ण वातावरणमा पर्व मनाउन सार्वजनिक हितमा सूचना जारी गरिएको बताउँदै प्रजिअ यादवले अवाञ्छित क्रियाकलापहरू गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिएर सचेत तुल्याइएको प्रजिअ यादवले जानकारी गराएका छन्।

प्रकाशित: ११ श्रावण २०८० १३:५८ बिहीबार

सर्लाहीमा दाहा पर्वमा डिजे बजाउन रोक