१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

नेपाल- भारत सीमा क्षेत्र दशगजामा एक महिलाको गोली प्रहार गरी हत्या भएको छ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी शनिबार राति एक ३५ वर्षीया महिलाको गोली प्रहार गरी हत्या भएको हो।

गोली प्रहारबाट मृत्यु भएको महिलाको परिचय खुल्न नसकेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

उनका अनुसार घटना मोटरसाइकलमा सवार भएर दुई जनाको समूहमा आएका अज्ञात व्यक्तिले दुई राउन्ड गोली प्रहार गरी भागेको स्थानीय प्रत्यक्षदर्शीहरूबाट बुझिएको छ।

घटना सीमा पारी भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको छ। भारतीय प्रहरीसँग समन्वय गरी मृतक महिलाको पहिचान खुलाउने प्रयास भइरहेको धनुषा प्रहरीले जनाइएको छ।

दशगजामा प्रहार भएका गोलीका खोका भेटिएको छ। नेपाल प्रहरी र भारतीय प्रहरी समन्वय गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए।

प्रकाशित: ७ श्रावण २०८० ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App