२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दृष्टि फर्किएपछि उज्यालिएका अनुहार

शल्यक्रियापछि दुबै आँखा छ्याङ्गै देख्ने भएपछि गदगद लालबहादुर र उनकी आमा शुशीला खुलाल । तस्विरःमिथिलेश यादव-नागरिक

ऐसेलुखर्कबाट झन्डै पन्ध्र घण्टा लामो यात्रा गरेर लहान घुम्न आएकी होइनन् शुशीला खुलाल। जन्मदै दुबै आँखा नदेख्ने १० वर्षीय छोरा लालबहादुरको आँखाको ज्योती फर्काउने आशमा उनी लहानको सगरमाथा चौधरी आँखा अस्पताल आइपुगेकी हुन्।

दुबै आँखा नदेख्ने यथार्थ शुशीलाले लालबहादुर जन्मेको ६ महिनापछि थाहा पाएकी थिइन। एकहोरो हेरिरहने, कसैले बोलाउँदा पनि टोलाइरहने छोरा आँखा नदेख्ने शंका लागेपछि शुशीला रन्थनिँदै डाक्टरकोमा पुगेकी थिइन्। त्यहाँका डाक्टरले लालबहादुर आँखा नदेख्ने भनिदिएपछि उनी चिन्चित बनेकी थिइन्। र, डाक्टरको जवाफ सुनेर निराश हुँदै शुशीला घर फर्केकी थिइन्। आश मारेरै १० वर्ष बिताएकी शुशीलाको आश गत जेठ महिनामा पुनः पलायो। उनी भन्छिन्, ‘छोराको जीवन अर्काको सहारामै बित्ने भयो भन्दै चिन्तित थियौं। जेठ महिनाको पहिलो साता घरबाट घाँस काट्न जँगलतर्फ जाँदै थिएँ उनले भनिन्, ‘गाउँमै आँखाको शल्यक्रिया शिबिर आउँदैछ भनेर पर्चा बाँड्दै थियो। मँ पर्चा लिएर घर फर्के। जेठो छोरा गोकुललाई पर्चा दिएर ‘के रहेछ पढेर भन त’ उनी भन्छिन्,‘आँखाको अप्रेशन गर्ने शिबिर आउँदैछ आमा भाईलाई त्यहीँ लग्नु पर्छ । ‘अप्रशन गरेपछि भाइ आँखा देख्न थाल्छन्' भन्दै जेठो छोराले शुशीलालाई ढाड्स दिए। यती भनेपछि शुशीलाको मनमा भरोसाको पालुवा पलायो।

जेठ ४ गत्तेदेखि ६ गतेसम्म सगरमाथा चौधरी आँखा अस्पतालले ऐसेलुखर्कमा संचालन गरेको तीन दिने आँखा जाँच तथा शल्यक्रिया शिविरमा शुशीला लालबहादुरलाई लिएर पहिलो दिन नै पुगेकी थिइन्। आँखा जाँचपछि चिकित्सकले जेठ ५ गते शिविरमै उनको देब्रे आँखाको शल्यक्रिया गर्यो। शल्यक्रिया त भयो तर आँखाको ज्योति फर्किने आश थिएन शुशीला भन्छिन्,‘डाक्टरले कतिबेला आँखाको पट्टी खोल्छ भने कौतुहलता चाहीँ थियो। भोलिपल्ट बिहान (जेठ ६ गते) आँखाको पट्टी खोल्दा लालबहादुको आँखाले पहिलोपल्ट संसार देख्यो। उनले भक्कानिँदै भनिन्, ‘छोरालाई अंगालोमा बेस्सरी च्यापेर धित मर्नेगरी रोएँ। त्यो मेरो खुसीको आँशु थियो। सपनामा पनि सोचेकी थिइनँ मेरो छोराले एक दिन संसार देख्नेछ’। तर, भगवान बनेर आएका डाक्टरले चमत्कार गरिदिनुभयो', उनले भनिन्, ‘मेरो छोराको आँखाले दश वर्षपछि दुनियाँ देख्यो।’

'घरबाट डोर्याउँदै शिविरस्थल लगेको थिए,' शुशीले भनिन्, ‘अप्रेसनपछि देब्रे आँखा देख्न थालेपछि आफैँ हिँडेर घर पुग्यो। घर पुगेपछि बुवा दाईभाई सबैलाई घोत्लिएर हेरिरह्यो।’ शौचालय जान पनि डोर्याउनुपथ्र्यो तर अब सबै आफैं गर्छन् उनी भन्छिन्, अहिले त झन रहर मानिमानी हिँडछन्। साथीहरुसँग खेल्न जान्छन्।  

भोलिपल्ट बिहान (जेठ ६ गते) आँखाको पट्टी खोल्दा लालबहादुको आँखाले पहिलोपल्ट संसार देख्यो। उनले भक्कानिँदै भनिन्, ‘छोरालाई अंगालोमा बेस्सरी च्यापेर धित मर्नेगरी रोएँ। त्यो मेरो खुसीको आँशु थियो। सपनामा पनि सोचेकी थिइनँ मेरो छोराले एक दिन संसार देख्नेछ’।

बाँया आँखाको शल्यक्रिया गाउँकै शिविरमा भएपनि लालबहादुरको दायाँ आँखाको शल्यक्रिया एक महिनापछि असार १२ गते सगरमाथा चौधरी आँखा अस्पताल लहानमा भएको छ। दायाँ आँखाको शल्यक्रियापछि लालबहादुर दुबै आँखा छ्याङ्गै देख्ने भएका छन्। आर्थिक अवस्था दयनीय शुशीला सम्झन्छिन, ‘प्रत्येक चुनावमा भोट माग्न आउने नेतासँग छोराको आँखा अप्रेसन गराइदिन बिन्ती गर्थे। तपाईं भोट दिनुस् मँ तपाईंको छोरालाई आँखा अप्रेसन गराउँछु भन्दै नेताहरु भोट लिएर सांसद र मन्त्री बनीसकेको उनी बताउँछिन् । हामीलाई आश्वासन दिएर भोट लिएका नेताहरु कुसीमा पुगीसके तर मेरो छोराको अवस्था ज्यूँका त्यूँ बनिरह्यो उनी भन्छिन्,‘मैले नेताहरुबाट आश्वासन बाहेक केही पाइन् । अब त मलाई नेतासँग विश्वास लाग्नै छोड्यो । उनी भन्छिन्,‘अब आउने चुनावमा मँ कुनै नेतालाई भोट खसाल्दिन ।’ मेरो छोरालाई संसार देखाउने डाक्टर र यस अस्पतालाई सधैं मनमस्तिष्कमा याद राख्छु, उनी भाभुक भईन ।

‘यस अस्पतालबारे गाउँमै धेरै तारिफ सुनेकी थिएँ,’ शुशीलाले भनिन्, ‘सुनेभन्दा कयौं गुणा स्तरीय उपचार र व्यवहार पाएँ ।’ ऐसेलुखर्कबाट लहानसम्म खाने,बस्ने र यातायातको सम्पूर्ण खर्च बेहोरेर मेरो छोरालाई संसार देखाइदिने यस अस्पतालको गुण बाँचुन्जेली याद राख्छु, भारी आवाजमा उनले भनिन्,‘यहाँ आउँदा अर्कै देश आएजस्तो अनुभूति भएको थियो तर फर्किदा आफ्नै घर छोडेर गइरहेको छु जस्तो लाग्दैछ । बोलीभाषा केही नबुझने मलाई यहाँका अस्पतालकर्मीको व्यवहारले दुई दिनमै आफ्नै घरजस्तो महसुस अनूभुति हुन थाल्यो ।  

यस अस्पतालको भर्ना वार्डमा धेरै बिरामी भारतका थिए । र, उनीहरुले बोल्ने भाषा मैले नबुझ्ने, मैले बोल्ने भाषा उनीहरुले नबुझ्ने ! चुपचाप, अन्जानजस्तो बस्नुपर्दा मलाई उकुसमुकुस भएको थियो । तर अस्पतालका कर्मचारीहरुको आत्मिय व्यवहारले मलाई बिस्तारै रमाइरो लाग्न थाल्यो, उनले सुनाईन ।  

हामीलाई आश्वासन दिएर भोट लिएका नेताहरु कुसीमा पुगीसके तर मेरो छोराको अवस्था ज्यूँका त्यूँ बनिरह्यो उनी भन्छिन्,‘मैले नेताहरुबाट आश्वासन बाहेक केही पाइन् । अब त मलाई नेतासँग विश्वास लाग्नै छोड्यो । 

मोतिबिन्दुका कारण बायाँ र दायाँ दुबै आँखा छ्याङ्गै देख्ने छोरालाई लिएर घर फर्किरहेकी शुशीला खुसीले गदगद थिइन । उनले जादाजादै भनिन्,‘सगरमाथा चौधरी आँखा अस्पतालले मँजस्ता धेरै असहाय मानिसको विश्वास जितेको छ ।’

लालबहादुर मुस्कुराउँदै भने ‘जन्मदै मैले आँखाको ज्योति गुमाए । हाँस्ने, खेल्ने उमेरमा मैले अन्धारको जीवन बाँचे । यस अस्पतालको सहयोगले मेरो आँखाको ज्योति फर्कियो । ‘अब आफैं पढ्न सक्छु, खेल्न सक्छु, सबै काम गर्न सक्छु । पढेर डाक्टर बन्ने सपना छ उनले भने,‘ डाक्टर बनेर दूरदराजका असाहाय आँखा विरामीको ज्योती फर्काउने अभियान चलाउँछु ।’

अस्पतालका वरिष्ठ प्रशासक अभिषेक रोशन भन्छन्,‘आँखामा समस्या पालेर विभिन्न कारणले घरमै बस्न बाध्य विरामीहरुलाई हामी घरदैलोमै पुगेर उपचार गर्ने अभियान चलाएका छौं । यसै अभियान अन्तर्गत एसेलुखर्कमा गरिएको आँखा उपचार शिविरमा ७८० आँखा विरामीको उपचार र ५४ जना आँखा विरामीको शल्यक्रिया गरिएको थियो । लालबहादुरको बायाँ आँखा शिबिरमै शल्यक्रिया गरिएको थियो भने दायाँ आँखाको शल्यक्रिया यस अस्पतालमा ल्याएर गरिएको उनले बताए । लालबहादुरको सम्पूर्ण उपचार निःशूल्क गरिएको छ रोषनले भने,‘उहाँहरुलाई ल्याउने पर्याउन आवास र खानपानको सम्पूर्ण खर्च अस्पतालले बेहोरेको छ ।’

सर्लाही ब्रह्मपुरीका १६ वर्षीय शिवम महतोले बायाँ आँखाबाट केही नदेख्ने भएपछि सर्लाहीकै अस्पतालमा उपचार गराए । तर उनको ज्योति फर्किएन । अब आँखाको ज्योति नफर्किने भन्दै निराश बनेका महतो सर्लाहीको मलंगवास्थित सगरमाथा चौधरी आँखा अस्पतालको शाखा अस्पतालमा पुगे । त्यहाँ उनलाई लहान जान भन्यो । लहानको सगरमाथा चौधरी आँखा अस्पताल आइपुगेका उनले शल्यक्रियापछि प्रस्ट संसार देख्न पाएका छन् । आँखाको ज्योति फर्किएपछि महतो खुसीले गदगद छन् । सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि दृष्टि पाएका उनमा खुसीको सीमा थिएन ।

यस आँखा अस्पतालप्रति नेपाली आँखा विरामीको मात्र नभई विदेशी विरामीको पनि विश्वास छ । विदेशका आँखा विरामीलाई भरपर्दो उपचार सेवाकै कारण अकर्षित गर्न सफल यस अस्पतालमा उपचारका लागि आउने विरामीमध्ये आधा हिस्सा विदेशीको हुन्छ ।  

त्यसैमध्येका एक हुन अजहर वारसी । दायाँ आँखाबाट नदेख्ने भएपछि भारतकै धेरै अस्पताल धाएर थाकेका भारतको राजधानी दिल्लीका अजहर वारसी लहानको आँखा अस्पतालबारे सुनेर यहाँ आइपुगे । शल्यक्रियापछि ज्योति फर्किएपछि डाक्टरलाई भगवान् भन्दै उनको आँखा खुसीको आँसुले भरियो । सफल सल्यक्रियापछि प्रस्ट देख्ने भएर वारसी घर फर्किएका छन् ।

भारत बिहार समस्तीपुरकी ४८ वर्षीया किरणदेवी बायाँ आँखा नदेख्ने भएपछि चिन्तित थिइन् । पारिकै अस्पतालहरूमा उपचार गराउँदा आँखाको ज्योति फर्किएन । उनलाई उतैका मानिसले लहान जान सल्लाह दिए । उनी सगरमाथा चौधरी आँखा अस्पताल आइपुगिन् । उनको आँखाको शल्यक्रिया गरियो । शल्यक्रियापछि उनले प्रस्ट देख्ने भइन् । आँखामा खुसीको आँसुसहित ज्योति लिएर उनी घर फर्किन् ।

‘उता, बिहारमै आँखाका थुप्रै अस्पताल छन् तर भरपर्दो उपचार छैन,’ उनले भनिन्, ‘यहाँको उपचार भरपर्दो भएकाले लहान आएका हौं ।’ उनका अनुसार सगरमाथा चौधरी आँखा अस्पतालले भारतका धेरै मानिसको विश्वास जितेको छ ।

प्रकाशित: ६ श्रावण २०८० ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App