५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरणमा समातिनेको संख्या १० पुग्याे, चार जनाको आज म्याद थप गरिने

झण्डै एक सय किलो सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। राजस्व अनुसन्धान विभागले गएराति थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको हो। याे संगै पक्राउ पर्नेकाे संख्या १० पुगेकाे छ।

ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ बिहीबार राति कोटेश्वरबाट पक्राउ परेका छन्। त्यसअघि ट्रान्स ग्लोबल सर्भिसकै सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पक्राउ परेका थिए।  

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। प्रकरणमा संलग्न अरुको बारेमा अनुसन्धान भइरहेको छ।

पक्राउ परेकामध्ये छ जनालाई हिजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। भने बिहिबार पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।  

बिहिबार दिउँसो चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका थिए। चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । 

प्रकाशित: ५ श्रावण २०८० ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App