५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मणिपुरका दुई महिलालाई निर्वस्त्र सडकमा घुमाएको भिडियो भाइरल

भारतको मणिपुर राज्यको मैतेई र कुकी समुदायबीच विगत २ महिनादेखि जारी ह्रिसंक संघर्षमा महिलालाई यौन उत्पीडन गरिएको र निर्वस्त्र सडकमा घुमाएको भयावह भिडियो बुधबार सार्वजनिक भएको छ।

भिडियोमा ठूलो संख्यामा रहेका मैतेई समुदायको भीडले दुई कुकी महिलालाई निर्वस्त्र धानखेततर्फ लैजाँदै गरेको र सहायताका लागि गुहार मागिरहेका यी असहाय यी महिलालाई लगातार दुर्व्यवहार गरिएको देखिन्छ।

प्रहरीका अनुसार मे महिनाको ४ तारिखमा भएको दुव्र्यहारको भिडियो बुधबार सोसियल मेडियामा सार्वजनिक भएपछि भाइरल भएको हो। भारतको केन्द्रीय सरकारले आफ्नो प्लेटफर्महरूबाट यो भिडियो डिलिट गर्न सबै सोसियल मिडियालाई निर्देशन दिएको छ।

भारतको मणिपुर राज्यको मैतेई र कुकी समुदायबीच विगत २ महिनादेखि जारी ह्रिसंक संघर्षमा महिलालाई यौन उत्पीडन गरिएको र निर्वस्त्र सडकमा घुमाएको भयावह भिडियो बुधबार सार्वजनिक भएको छ।

मणिपुर पुलिसका अनुसार अपहरण, सामूहिक बलात्कार र हत्याको अभियोगमा अज्ञात व्यक्तिविरुद्ध आरोप दर्ता भइसकेकोछ र यो घटनाको अनुसन्धान सुरु भइसकेको छ। प्रहरीले दोषीलाई गिरफ्तार गर्ने प्रयास गरिरहेको बताएको छ।

यो भिडियो पुष्टि गर्दे मणिपुर पुलिसले मणिपुरको थोबल जिल्लाका यी महिलाहरूलाई यौन उत्पीडनको सिकार भएको बताएको छ।

भिडियोमा देखिएका एक महिलाको उमेर २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको बताइएको छ। यी महिलाहरूले भिडियोमा आफूहरू मात्र निर्वस्त्र पारिएको देखिएको तर भीडले अर्की एक ५० वर्षीया महिलालाई पनि निर्वस्त्र पारिएको थियो भनेका छन्।

१८ मेमा दर्ता गरिएको उजुरीपत्रमा एक युवतीका साथ सामूहिक बलात्कारसमेत गरिएको उल्लेख गरिएको छ। पिडिताहरूका अनुसार ३ मेमा आधुनिक हतिहारधारी ८०० जत्थाले थोबल जिल्लामा रहेको उनीहरूको गाँउमा हमला गरेर लुटपाट तथा आगजनी गरेका थिए।

मणिपुर पुलिसका अनुसार अपहरण, सामूहिक बलात्कार र हत्याको अभियोगमा अज्ञात व्यक्तिविरुद्ध आरोप दर्ता भइसकेको छ र यो घटनाको अनुसन्धान सुरु भइसकेको छ। प्रहरीले दोषीलाई गिरफ्तार गर्ने प्रयास गरिरहेको बताएको छ।

यही असहज परिस्थितिमा दुई महिला र आफ्ना पितासँग अर्की एक युवती जंगलतर्फ भागेका थिए। पुलीसले यी दुई महिलालाई बचाउन सफल पनि भएको थियो र उनीहरूलाई प्रहरी कार्यालयतर्फ लगिँदै थियो। तर प्रहरी कार्यालय पुग्न २ किलोमिटर बाँकी हुँदा भीडले उनीहरूलाई रोकेको थियो र प्रहरीको सुरक्षामा रहेका ती महिलालाई आफ्नो नियन्त्रणमा लिएको थियो। आफ्नो छोरीसहित भागेका ती पितालाई भीडले हत्या गरेको थियो।

बिबिसी 

प्रकाशित: ५ श्रावण २०८० ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App