९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति

भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ। भारतको पिथौरागढ जिल्ला धारचुला तहशिल अन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुंगाले नेपालतर्फ महाकाली नगरपालिका-५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

बिहीबार र शुक्रबार सडक निर्माणका लागि लगातार विष्फोटक पदार्थ प्रयोग गर्दा ढुंगा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो।

‘ब्लास्टिङ गर्दा भारतबाट ढुंगा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ’,  स्थानीय नरभान बडूले भने।

प्रकाशित: ३० असार २०८० ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App