१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पेरिसडाँडामा राखियाे सीता दाहालको पार्थिव शरीर

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ।  

स्वर्गीय दाहालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जली दिनको लागि अहिले पेरिस डाँडामा राखिएको हो।

दिउँसो १ बजेसम्म पार्टी कार्यलयमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको हो।  

 

प्रकाशित: २७ असार २०८० ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App