नुवाकोट – नुवाकोटको मेघाङ गाउँपालिका –३ देउरालीमा जंगली च्याउ खाँदा ५ जना विरामी परेका छन् । बिरामी पर्नेहरूमा वीरबहादुर तामाङ, उनको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ रहेका छन् ।
इलाका प्रहरी चौकी देउरालीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रका अनुसार बिरामी भएका मध्ये वीरबहादुर, सुमित्रा र शुकुमाँयाको अवस्था गम्भीर छ । उनीहरूकोे जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपछि बिहान एक बजे थप उपचारको लागि काठमाडौँ पठाइएको छ।
जंगलबाट ल्याएको च्याउ पकाएर छिमेकीसँग बाढेर हिजो साँँझको खानासँगै खादा टाउको दुख्ने, वान्ता हुने र बेहोस भएपछि छिमेकीको सहयोगमा बिरामीलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा पुर्याइएको थियो ।
प्रकाशित: १२ जेष्ठ २०७४ ०४:५९ शुक्रबार