६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

फाइल तस्बिर

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा -७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

शनिबार राति सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुबाट पाण्डुबजारतर्फ आँउदै गरेको बा.९३ प. ५८८१ नं. को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका - ६ पाण्डुबजार बस्ने वर्ष ४५ को कृष्णकुमार त्वातीको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भई उपचारको लागि नजिकैको डा.ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर पछाडि सवार निजको छोरी वर्ष १९ की अनिता त्वाती सामान्य घाइते भएकोमा उपचार पश्चात डिस्टार्च भइसकेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेको छ।  

प्रकाशित: १७ असार २०८० ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App