जीवनकालजयी! प्रत्येक मोडसँगै जीवनगति हुँदा रहेछन्। चालै नपाउने गति लिएर। यावत जलचर, नभचर, थलचर प्राणी हामी। एकापसमा चालै नपाइने गरी गुज्रिरहेका हुन्छौं।
प्रकृतिको लीला। लीलामय लेखन। प्रकृतिभित्रका लीलामय प्राणी। जगत्का इहलीला। मरणपछिको लीला के हुँदो हो? ज्ञातव्य छैन। नभोगेका भोग अज्ञात ! वर्णन गर्न सकिन्छ। लाग्छ, त्यो अन्तरध्यानबाट पनि खुल्दैन। कठैबरासिवाय भन्नै सकिन्छ के र? यी र यस्तै लफदामुक्तिनिमित्त ध्यानमय योग: योगमय ध्यान साधना अपनाउनु जरुरी हुन्छ पक्कै!
ध्यानमय योग: योगमय ध्यानको सरल साधना चिम्लनु हो आँखा झमक्क झमक्क ! अनुभूत गर्नु भएकै हुनुपर्दो हो। पटक पटक हजारौंहजार पटक। अनुभूति मेरा। उन्मुक्त चिन्ताका बाह्र घण्टा। हस्याङफस्याङ बेफुर्सदिलो समय। उज्याला दिन अनि दिनहरू यस्तैयस्तै। स्वाभाविक सत्य र सत्यहरू। नैरन्तर्य, अविरल, सविराम! चालै नपाउँदो चालले घिस्रँदै घस्रँदै झण्डै कछुवाको चालले। सनै सनै! मन्द गतिले। एकताप एकै मनस्थितिले। भनौं ध्यानमय मुद्रामा। दृढसङ्कल्पले। दृढसङ्कल्प ध्यानमय योग: योगमय ध्यान।
प्रकृतिको लीला। लीलामय लेखन। प्रकृतिभित्रका लीलामय प्राणी। जगत्का इहलीला। मरणपछिको लीला के हुँदो हो? ज्ञातव्य छैन।
दृढ सङ्कल्पित मनले जीवन दीर्घायु तुल्याउँछ। दृढ सङ्कल्पले विचलनबाट उन्मुक्त पार्छ। अनुभूति आफ्नै। स्वानुभूति दृढ रहन्छ। दृढता संकल्पको पूर्वाचरण। पूर्वाचरण पहिलो पाइला। पहिलो पाइला जसले हजारौं–लाखौं पाइलालाई अग्रगन्य तुल्याउँछ।
चालै नपाईकन हामी अभ्यस्त छौं। भन्नु नभन्नु मात्र। लोकमार्ग यही। यस्तै हुन्छन्–लोकमार्ग। अनि मार्गहरू लोकभरिका यस्तै। हामी व्यस्तव्यस्त यसमै। बाटो बिर्सी विनासतिर उन्मुखहरू अब सोझ्याउँदै छन्। अभियान भर्दै छन् निर्माण समृद्धिका। सच्चा साधनाकाफल प्रतिफल चाख्न छन् लालायित देश–जनता। निरन्तर एकाग्र एक ध्यान। मग्नमस्त एकचित्त।
दृढ सङ्कल्पित मनले जीवन दीर्घायु तुल्याउँछ। दृढ सङ्कल्पले विचलनबाट उन्मुक्त पार्छ। अनुभूति आफ्नै। स्वानुभूति दृढ रहन्छ। दृढता संकल्पको पूर्वाचरण। पूर्वाचरण पहिलो पाइला। पहिलो पाइला जसले हजारौं–लाखौं पाइलालाई अग्रगन्य तुल्याउँछ।
बाह्य अङ्गका दश इन्द्रियहरू प्रत्येकले स्वधर्म निर्वाह गर्छन्। दर्शणेन्द्रिय दुई आँखाले अवलोकन गरेर साद्वश सञ्चार गर्छन्। श्रवणेन्द्रिय दुई कानले सुनेर स्वर मधुरिमा सञ्चार गर्छन्। दाँतले चपाई रस प्रवाह गर्छन्।
जिब्रोले रसस्वाद गर्छन् मजाले। पड्काउँछन् जिब्रो मग्नमस्त भई आनन्दले। यी इन्द्रियहरू हुन् बाह्य प्राणी जगत्का सर्वव्यापक समान। विवादबिनाका एकल सत्य। सत्य एकल रहन्छ नै। सर्वत्र समान एकलकाँटे निर्विवाद! वादविवादरहित। मग्नमस्त एकछत्र। छाता एकैमुनि। अहोरात्र विश्वभरि! शास्वत सत्य यही अनि यस्तै। चाहना नैरन्तर्यकै। सदाबहार कामना। कामना अन्तर्मनको। अन्तर्य सदाबहार उस्तै। सुखानुभूति हुन्छ उस्तै सदा।
बाह्य दैहिक अवयवहरू रहन्न सदासदा उस्तै, जस्ताको तस्तै। सबै सबै हामीले यति त अनुभूत गर्छौं। गरिरहेकै हुन्छौं। मात्र बक्दैनौं। यत्तिकै अन्तर योग। यस्तै त छ हो जीवन–जगत्! जगत्–जीवन हाम्रो। सबैको साझा। आम जीवन–जगत्का हाम्रै हाम्रा!
जिब्रोले रसस्वाद गर्छन् मजाले। पड्काउँछन् जिब्रो मग्नमस्त भई आनन्दले। यी इन्द्रियहरू हुन् बाह्य प्राणी जगत्का सर्वव्यापक समान। विवादबिनाका एकल सत्य। सत्य एकल रहन्छ नै।
सन्दर्भ यस प्रसङ्गको योगमय ध्यान: ध्यानमय योग। योगले ध्यानमग्न गर्छ गराउँछ। ध्यानमग्न हुनु एकाग्र रहनु। एकाग्र हुनु एकै विषयवस्तुमा मग्नमस्त रहनु। मग्नमस्त रहनु दाउ कस्नु पनि। जङ्गलमा हिंस्रक जन्तुले सिकार गर्नु पहिले दाउ कस्छन्। सबै सबै हामीले देखेहेरेकै हौं। चासो राखेका हुन्नौं। रुचि सबैका आआफ्नै। एक समान हुन्न रहन्न पनि। विविधतामा सबको पहिचान हुन्छ आफ्नै छुट्टै। पहिचानमै हुन्छ स्थापित आफ्नै छुट्टै अलग। हामीलाई रुचिकर लाग्छ अस्तित्व आफ्नै। यही त विश्वविधान। रमरम रमाउँछौं यसमै हामी। तपाईं सबै सबै किन्तु योगमा दाउ हुन्न। योग मुक्त रहन्छ, दाउ–पेच–छलछाम मुक्त। योगको महिमा छ, त्यसैले लीला अपरम्पार। योगमय जीवन: जीवनमय योग! जय जननी योग माता!
योगले संयोग गराउँछ। संयोग आकल झुकलवश हुन्न। सम्भावनावश हुन्छ, हुँदो छ। तनमनसहित अर्पने सङ्कल्पित दृढताको निचोड हो– संयोग। मन पराउँछु दृढ सङ्कल्पित रहन।
जे गर्छु दृढसङ्कल्पसहित गर्छु। विचलित रहन्न, हुन्न। मन पराइन मैले विचलित रहन। विचलनले विमुख गर्छ। गराउन खोज्छ जीवनोद्देश्य। विचलनले विचलित गराउँछ जीवन। उद्देश्यविमुख जीवन के जीवन? रुचाउन्न म अल्लारे जीवन ! अल्लारे जीवन ढलमले जीवन। हुन्न आधारशीला जसको अल्लारे बन्छ। बिनाआधारशीलाको जीवन कसलाई मनपर्दो हो। कसैलाई नि मनपर्दो हो। सन्देहै सन्देह मात्र। बाँच्नु त निसन्देह। निसंकोच जीवन दीर्घमायु हुँदो छ। निसंकोच जिउने जीवन योग साधना!
हामी श्वासप्रश्वास बन्द हुनासाथ भन्ने गर्छौं -निधन भयो, स्वर्गारोहण भयो, मृत्यु भयो, फलानाढिस्काना! धार्मिक, सांस्कृतिक परिवेश, परम्परामुताबिक लय भयो भन्ने गर्छौं पनि हामी। लय हुनु वा भयो-चलनचल्तीमा छैन अचेलभरि। सृष्टि, स्थिति, लय अलि बेसी परिमार्जित/परिष्कृत छ। परिष्कार/परिमार्जन समाजकै पहिचान र परिचय बन्छ।
सामाजिक परिष्कारले नै स्तरमापन र निर्धारण गर्दो हुन्छ। सृष्टि, स्थिति, लय एकापसमा निकटतम आबद्ध देख्छु। चिम्ली आँखा हेर्छु जब ब्रह्मलाई डोर्याउँछ यतै सहज। सहजतामा ब्रह्मविवेक मुसुक्क मुस्केपछि चाहियो नै के र? प्रवचन यस्तै यस्तै। प्रवचनमा ग्रन्थमा आधारित अनेक तत्व ज्ञान/ज्ञान तत्वका व्याख्या विश्लेषण गरिँदो हुन्छन्।
योगले संयोग गराउँछ। संयोग आकल झुकलवश हुन्न। सम्भावनावश हुन्छ, हुँदो छ। तनमनसहित अर्पने सङ्कल्पित दृढताको निचोड हो– संयोग। मन पराउँछु दृढ सङ्कल्पित रहन।
स्ववचनमा मात्र आफ्नै अनुभूति प्रकट हुन्छन्, गरिन्छन्। ज्ञान योगका तर्क–वितर्कहरू प्रकटीकरण गरिएका हुन्छन्। स्ववचनमा धर्म, संस्कार, समाज, प्रकृति, पर्यावरण, विश्व परिस्थितिका आत्मानुभूति प्रक्षेपण हुन्छन्, गरिन्छन्। स्ववचन प्रकट गर्नु कठिन साध्य देख्छु। श्रेय लाग्छ मलाई। हजुरहरूलाई लाग्छ नै कसो? जय जननी, नागरिक समाज, नेपाली नागरिक, स्ववचन, जीवनसार, निष्ठा जीवन!
प्रकाशित: १६ असार २०८० ०१:१५ शनिबार